शमशेर क्षेत्री, 

सिन्धुपाल्चोक – काभ्रेमा टिफरले ओभर लोड गिट्टी बालुवा बोक्दै पिचबाटोमा पानी चुहाउदै गुडिरहेको हुन्छ । बनदेउ देखि काठमाडौसम्म पुर्‍याउने टिफरहरुले क्षमता भन्दा बढी लोड बोक्दा केही महिना अघि तीन पिप्लेबाट माथि गरिएको पिच कतै खाल्डाखुल्डी कतै पिच उकिन सकेकोछ । कतिपय टिफरका चालकहरुले आफ्नो गाडीको क्षमता भन्दा बढी सामान  बोक्दैनन् । धेरै जसो टिफरमा क्षमता भन्दा बेसि र पानी चुहाउनाले पिच फुटने र उकिन सकेको छ । पाँचखाल प्रहरी चौकीले ओभर लोड बोकेर आएको टिफरलाई सजिलै दिउँसोको समय नै पार हुन् दिन्छ तर लामीडाँडा नजिकै छेउछाउमा टिफरहरु लाइन लागेर बसिरहेको हुन्छन् । त्यो टिफरलाई किन जान दिएन मेरो आँखा अगाडीबाटै ओभर लोड बोकेर गएको टिफरलाई पाँचखाल प्रहरी चौकीमा रोकिएन किन नियम कानुन बराबरी हैन सबैलाई ।

सुकुटे देखि बनदेउ दोललघाट मेलम्चीबाट  सयौको संख्यामा चल्ने टिफरले धेरै जसोले पानी चुहाउदै गिट्टी बालुवा बोक्दै काठमाडौ सम्म पुराउर्‍यादै छन । त्यही ओभर लोड बोकेको गाडीबाट बाटोमा गिट्टी बालुवा झार्दै गर्नाले बाइकहरु दुर्घटना हुने गरेको छ ।