काठमाडौं – प्रहरीलाई कुटपिट गरेका आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
माछापोखरीस्थित ट्राफिक प्रहरी वृत्त नयाँबसपार्कबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा शनिबार राति प्रहरी कर्मचारीमाथि कुटपिट तथा अभद्र व्यवहार गरेपछि उनी पक्राउ परेका हुन् ।
यसरी पक्राउ पर्नेमा, गोरखा आरुघाट गाउँपालिका–४ घर भई हाल काठमाडौं बस्ने ३७ वर्षीय सन्तोष कुमार धमला रहेको प्रहरीले जानकारी दिएको छ ।
धमला उपर अभद्र व्यवहार मुद्दामा म्याद थप गरी यसबारे थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।


0 comment