– दिपक श्रेष्ठ
काठमाडौं – आईजीपी सहित उच्च प्रहरी अधिकारी सप्ताहब्यापि कोरिया भ्रमणमा जाने भएका छन् ।
कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को निमन्त्रणामा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरसहित उच्च प्रहरीको अधिकारी टोली साइबर सुरक्षाको विषयमा बुझ्न साताव्यापी कोरिया भ्रमणमा जान लागेका हुन् ।
महानिरीक्षक नेतृत्वको टोलीमा एआइजीद्वय टेकप्रसाद राई र मीरा चौधरी, डिआइजीद्वय विकाराज खनाल र फणिन्द्र बराल, एसएसपीद्वय भूपेन्द्रबहादुर खत्री र नवीन्द्र अर्याल रहेका छन् यसैगरी गृह मन्त्रालयका केही कर्मचारी पनि टोलीमा जाने तय भएको प्रहरीको केन्द्रीय प्रवक्ता कुबेर कडायतले जानकारी दिनु भएको छ ।
कोइकाले नेपाल प्रहरीको साइबर ब्युरोको भवन बनाउने प्रक्रिया अघि बढाएको छ । कोरियाले साइबर सुरक्षालगायतका विषयमा गर्दै आएको कामको विषयमा सो भ्रमण हुन लागेको प्रहरीको केन्द्रीय प्रवक्ता कडायतले जानकारी दिनु भएको छ ।


0 comment