काठमाडौं – ललिता निवास प्रकरणमा २ करोड ४६ लाख रुपैया धरौटीमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङलाई छोड्न जिल्ला अदालत काठमाडौंले छाड्न आदेश दिएको छ । गुरुङका साथै अन्य १७ जनालाई पनि धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
थुनामा १८ जनारहेका थिए भने ती मध्ये केशव तुलाधरलाई साधारण तारेखमा अदालतले रिहा गर्न आदेश गरेको छ भने बाँकी १७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
विनोद पौडेल रु १५ लाख, कलाधर देउजा १५ लाख, योगराज पौडेल रु ७ लाख ५० हजार, रुद्र कुमार श्रेष्ठ रु. ७ लाख ५० हजार, बालकृष्ण श्रेष्ठ रु ७ लाख ५० हजार, धमन कुमार कार्की रु ७ लाख ५० हजार, गोपाल कार्की रु. ७ लाख ५० हजार, नारायणराज मिश्र रु ७ लाख ५० हजार र अरुण कुमार श्रेष्ठ रु. ७ लाख ५० हजार धरौटी माग गरिएको हो ।
यस्तै शिवजी भट्ट रु. ३ लाख ३० हजार, धु्रव प्रसाद अर्याल रु. ३ लाख ३० हजार, बाबुराज महर्जन रु. १ लाख १० हजार, देवनारायण महर्जन रु १ लाख १० हजार, सकलानन्द महर्जन रु. १ लाख १० हजार,सञ्जय कुमार महर्जन रु. १ लाख १० हजार, लोकरि घिमिरे ५० हजार धरौटी माग गरिएको जिल्ला अदालत काठमाडौंका न्यायधीश भोलानाथ ढकालको इजलासले आइतबार सो आदेश दिएको हो ।


0 comment