काठमाडौं – कञ्चनपुरबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा, बेलौरी नगरपालिका ३ का २५ वषर्षीय अछाम सडक डिभिजन कार्यालयका सब इन्जिनियर हरिश रेग्मी रहेको प्रहरीले जानकारी दिएको छ । रेग्मीलाई बेलौरी नगरपालिका–१० सडकघाटबाट नौ दसमलब ४२ ग्राम लागुऔषध सहित प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उनको साथबाट प्रतिबन्धित खैरो हिरोइन जस्तो देखिने पदार्थ ब्राउन सुगर फेला परेको प्रहरी चौकी भुडाका प्रहरी जवान जवान महेश कुमार भट्टले बताए ।
प्रहरीले रेग्मी सवार सु प्र प्र ०३००१ प ०४५६ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । साथै रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिई यसबारे थप अनुशन्धान गरी रहेको छ ।


0 comment