काठमाडौं - सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महाराजगन्ज बाँसबारीले आज राजधानीमा नवनियुक्त प्रहरी प्रमुखहरुको स्वागत तथा शान्ती सुरक्षा बिषयक छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो।
कार्यक्रममा नवनियुक्त प्रहरी प्रमुखहरुलाई स्वागत गर्नुका साथै समाजमा देखिएको नयाँ खालका अपराधबाट कसरी बच्ने भन्ने खालको सुझाव दिइएको थियो ।
स्वागतको क्रममा बोल्दै काठमाडौं प्रहरी परिसरका नवनियुक्त प्रमुख भुपेन्द्र खत्रीले समाजमा शान्ती सुरक्षा दिने काममा सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा बोल्दै महराजगन्ज प्रहरी बृतका नवनियुक्त प्रमुख अमर बहादुर थापाले आज भोलि बैंकिङ्ग कसुर अपराधको बढदो अवस्था र त्यसबाट बच्ने उपायबारे जानकारी दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथी तथा उपत्यका प्रहरी कार्यालय काठमाडौंका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले आजको कार्यक्रममा आफुलाइ गरेको स्वागतले आफुमाथी जिम्मेवारी थपिएको महशुस भएको र कानुन कार्यान्वयन र अपराध नियन्त्रणका लागी आफुहरु निर्ममतापुर्वक लागेर सुरक्षित उपत्यका बनाउने बताउनुभयो ।
कार्यक्रममा प्रहरीका पुर्व अधिकारी लगायत सामजसेवी र जनप्रतिनिधीहरुको उपस्थीती रहेको थियो ।




0 comment