सरिता के. सी.
काठमाडौं – सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–४ घर भई हाल जिल्ला ललितपुर महानगरपालिका–१९ कुमारिपाटी बस्ने २९ वर्षीय तुफान केसी रहेको प्रहरीले जनाएको छ ।
आरोपीत व्यक्तिले पीडित महिलाको फेसबुकमा पोष्ट गरेका तस्बिरहरूमा अश्लील र अपमानजनक शब्दहरू प्रयोग गर्ने गरेको र कमेन्टमा चरित्र हत्या गरेपछि उनी विरुद्ध ब्युरोमा उजुरी परेको थियो ।
उनलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा मंगलबार काठमाडौंबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतको आदेशले सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको साइबर ब्युरोले जानकारी दिएको छ ।

0 comment