काठमाडौं – दार्चुलामा ६ किलो एक सय ग्राम लागुऔषध चरेशसहित दुई जनालाई जिल्लाको शैल्यशिखर नगरपालिका–३ कर्कलेबाट पक्राउ गरेको छ । 

यसरी पक्राउ पर्नेमा दार्चुलाकै महाकाली नगरपालिका–४ खलंगा बस्ने ६६ वर्षीय मानसिंह ठगुन्ना र नौगाड गाउँपालिका–४ सिप्टी बस्ने ७० वर्षीय गौरसिंह ठगुन्ना रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा दुवै जनाले बोकेको झोलामा प्लाष्टिकभित्र लुकाइ छिपाइ राखेको अवस्थामा उक्त चरेस फेला परेको हो । 

प्रहरीले दुबैजनालाई नियन्त्रणमालिई यसबारे थप अनुशन्धान भईरहेको जनाएको छ ।