काठमाडौं – दोलखाको गौरीशंकर गाउँपालिका–७ टोपाटारमा पहिरो जाँदा ४ जना बेपत्ता भएका छन् भने ३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ । पहिरोले गर्दा मार्वुको टोपाटार र खारेको सल्ले स्थित आधा दर्जन घर क्षतिग्रस्त बनाएको छ भने टोपाटारमको पक्की पुल पनी बगाएको छ ।

मार्बुका वडाअध्यक्ष सोनाम शेर्पाले दिएको जानकारी अनुसार, बिहिबार साँझ करिब ५ बजे छिमेकी वडा खारेतर्फको भिरबाट खसेको पहिरोले बस्तीका ५ घर पुरेको छ । एक स्थानीयले दिएको जानकारी अनुसार पहिरोमा परी टोपाटार स्थित यज्ञ थामी, उनकी श्रीमती र अर्का एक जना घाइते भएका छन भने उनीहरुलाई घाइते अवस्थामा उद्धार गरिएको थियो । 

उक्त पहिरोमा परी अन्दाजी ५४/५५ बर्षका कृष्णबहादुर मगर र सोही उमेरकीा उनकी श्रीमती,  ५४ वर्षका हरिलाल श्रेष्ठ र ३ वर्षको बालक प्रिन्स थामी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी बेपत्ता भएकाहरुको सुरक्षाकर्मी र गाउँले मिलेर खोजी कार्या भईरहेको वडाअध्यक्ष शेर्पाले बताएका छन् । पहिरोमा परी गम्भीर घाइते भएका ३ जनालाई भने हेलिकप्टर मार्फत राजधानी लैजाने प्रयास भइरहेको छ ।