काठमाडौं – विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे थाना मुक्त भएकी छन् ।
जिल्ला अदालत, काठमाडौंले हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति नदिएपछि पाण्डे थुनामुक्त गरीएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमुध ढुंगेलले जानकारी दिएका छन् ।
अधिवक्ता पाण्डेले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्ताको क्रममा मुस्लिम, मगर, तामाङलगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो । प्रदर्शनका क्रममा प्रहरीमाथि ढुङ्गामुढा गर्ने २८ जना पक्राउ परेका थिए ।


0 comment