काठमाडौं - प्रहरीले गैरकानुनी रुपमा क्लिनिक सञ्चालन गर्ने दईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नं. ३ बोराडाडीस्थित अर्जुन क्लिनिकका सञ्चालक ४५ वर्षीय अर्जुन कुँवर र वडा नं. ७ देवरियास्थित अभिनव हेल्थ क्लिनिकका सञ्चालक गौरीगंगा नगरपालिका-१० घर भएकी २१ वर्षीया कमला बोहरा रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला जनस्वास्थ्य कार्यालय धनगढी कैलालीसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूमाथी मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत इलाजसम्बन्धी कसूरमा जिल्ला अदालत कैलालीबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

0 comment