डा. शास्त्रदत्त पन्त, काठमाडौं – यसैबीच नेपालमा हुबहु माओत्सेतुङको साम्यवादी शासन चलाउन चाहने नेकपा माओबादी दल १ फागुन २०५२ देखि भूमिगत भएर गुरिल्ला युद्ध थालेको त्यो दल इण्डिया नभएको भए भूमिगतबाट बाहिर निस्कनै नसक्ने अवस्थामा हुनेथियो । त्यसलाई निकाल्न गरिएको योेजनाको नामनै १२ बुँदे दिल्ली सम्झोता हो । सुरुका दूई बर्षसम्म माओको सिद्धान्तलाई बोकेर राम्रा काम पनि गरेको थियो । जनताले मन पराएका थिए, साथ पनि दिएका थिए । तर यसैबीच यो दल, सायद धन अभावमा थिए, “रअ” को पकडमा गयो । यिनीहरुसँग सम्झौता ग¥यो । त्यसपछि  त्यो दलले विज्ञप्ति निकाल्यो । जसमा भारतका विरुद्ध कुनै अप्रिय काम नगर्ने, भारतका नक्सालिष्ट र रिमसित कुनै सम्बन्ध कायम नगर्ने तर नेपाललाई गणतन्त्र बनाउन भारतले भने अनुसार सबै काम गर्ने  भन्ने भाव त्यसमा थियो । 

अब माओवादीले नीति र सिद्धान्तमात्र बदलेन, राजनीतिक दर्शन पनि बदल्यो । माओवादी इन्डियाको भाडाको सेनामा सेनामा परिणत भयो । यो आततायी जत्थाको कमान्डरको काम “रअ” ले लियो । यो साम्यबादी दलबाट आतङ्ककारी जत्थामा परिणत भयो । यसैबीच फिरङ्गिलाई लखेट्ने नेपालको राजसंस्थाको बदला लिने भावनाले मिशनरी मार्फत युरोपियन युनियन पनि थपियो । चाहिएका धन मिशनरी र गन इयुले दिन थालेपछि आतङ्ककारी कामले तीव्रता पायो । उत्तराधिकारी नै नरहने गरी दरबार हत्याकाण्ड भयो । माओवादीले राजसंस्थाको औचित्य समाप्त भएको घोषण ग¥यो । 

भारतले चाहे अनुसार भयो । मिशनरी पनि खुसि भयो । तर भारतलाई एउटा सङ्कट आइ प¥यो । भारत, अमेरिका र बेलायत लगायत विश्वले आतङ्ककारी भोका माओवादीलाई कसरी सुरक्षित बनाएर उकास्ने ? त्यसका लागि भारतका भक्त दास गिरिजा प्रसाद कोइरालालाई भारतले प्रयोग ग¥यो । माओवादीलाई बुइँमा बोकेर नेपाल लैजाने काम भारतले गिरिजालाई अह्रायो । त्यही बोकेर लैजाने बाटाको नाम नै बाह्रबुँदे दिल्ली सम्झौता हो । 

सम्बत् २०६२÷८÷७ गते दिल्लीले १२ बुँदे समझदारी पत्र बनाइदिएको थियो । दिल्लीको यो समझदारी पत्र बनाइदिएको थियो । दिल्लीको यो समझदारीपत्र भूमिगत रुपमा रहेका माओवादीलाई बाहिर निकास्नका लागि केन्द्रित थियो । अस्थिर राजनीतिबाट मुक्तहुने आसाले नेपाली जनताले पनि समर्थन जनाए । विदेशी प्रभूका सामुन्ने कहिल्यै नझुकेका नेपालीको खिल्ली उडाउँदै नेपाली दलका अगुवाहरु भारतसित झुके । अझ त्यतिमात्र हैन शान्ति र संविधान सुनिश्चित गर्नका लागि भनेर “अर्को १२ बुँदे गराई देउन प्रभू” भनेर प्रचण्डले मिति २०६८÷६÷८ गते भारतलाई गुहार गरेका थिए । त्यसपछि नेपालको संविधान, संविधानसभाबाट होइन अन्त कतैबाट आउँछ भन्ने लहर जनमानसमा चलेको थियो । नेपाली क्रान्तिका अब्बल दाबी गर्ने पार्टी नेताकै सरकार चलेको बेलामै खुलेआम शान्ति स्थापना र संविधान निर्माणका लागि भारतको निर्णायक भूमिकाको अपेक्षा गरिएको थियो । भूटानजस्तै विदेशी सेनामातहत सुरक्षा राख्ने आशयले सेनामाथि हस्तक्षेप गर्न खोजिएको थियो । त्यसरी कूर्लदा कुर्लदै दिउँसै त्रिचन्द्र क्याम्पस अघि महत्वपूर्ण प्रहरी कार्यालयकै सामुन्ने मुस्लिम संघ नेपालका महासचिव फैजान अहमदको दिउसो १ः४५ बजे पैदल हिँडेर आएका मानिसले गोली हानेर हत्या गरे लगत्तै वीरगन्जका हिन्दुयूवा संघका अध्यक्षको हत्या त्यही सरकारको संलग्नतामा भयो । हवाई मैदानमा विदेशी स्काई मार्सल राख्ने योजना बनाइयो । २०६८ भाद्र ११ गते पछिका यी सबै घटनाहरुले के नेपालको राष्ट्रियता झनै कमजोर बनायो ।