काठमाडौं – नारी/महिलावादी अवधारणा नारीवादलाई दुई प्रमुख मार्गमा परिभाषित गर्न सकिन्छ । यसको साँघुरो अर्थ महिलाहरुको लैङ्गिक विभेखदकारी सिद्धान्त, सामाजिक उत्पीडनको अन्त्यको अभ्यास हो । फराकीलो गहीरो अर्थमा नारीवाद भनेको सचेत लिङ्ग र लैङ्गिक असमानताको सामाजिक यथार्थका जटिल मार्गको खोजी, विश्लेषण र व्याख्यामा सम्बन्धीत आधारभुत प्रणालीको एउटा प्रकार हो । नारीवादले समाजको आधुनिकवादको विश्लेषण गर्छ । संसारका विभिन्न भागमा उठेका महिलासँग सम्बन्धीत आन्दोलनहरुका बारेमा वैचारीक, दार्शनिक रुपमा नारीवाद स्थापित भएको छ । 

महिला र पुरुष अधिनताको चुनौती दिदै सैद्धान्तीक बिचारको उत्पती १९६८ मा भएको थियो । महिलावाद भन्ने अवधारणाको सुरुवात अठारौ सताब्दी देखी नारीवादका पहिलो, दोस्रो र तेस्रो धार हुँदै अगाडि बढेको पाईन्छ भने १९८० देखि नारीवादलाई आधुनिक अवधारणाको रुपमा हेरीएको पाईन्छ । यस अवधारणाले दक्षिण एसीयाली महिलाहरुले महिलाहरुको शोषण र पीडा बारे समाजमा, घरमा र कार्य क्षेत्रमा सचेत भइ परिवर्तनका लागि कार्यरत हुनु नै नारीवाद हो भनि परिभाषित गरेका पाईन्छ । 

अर्को शब्दमा नारीवाद भन्नाले महिलाहरुको पुरुष समान नै अवसर, अधिकार र शक्तिको चाहाना हो । वर्तमान विश्वमा नारीवाद आकर्षक हुनको साथै यसको योजनाविद्, राजनैतिज्ञ एवं विकासविदहरुलाई विभिन्न तरीकाले ध्यानाकर्षण ग¥यो, जसले गर्दा नारीवादलाई महिलाहरुको अधिनतामा प्रश्नहरु र चुनौतिहरु खडा गर्ने दृष्ट्रिकोणको रुपमा लिईन्छ । सामान्य कुरा गर्दा ‘नारीवाद’ ले दुईटा कुरा समेटेको हुन्छ । एक, महिलाहरु माथि हुने उत्पीडन तथा शोषण सम्बन्धी चेतना र दूई, त्यस अवस्थालाई फेर्नका लागि गरिएका सचेत क्रियाकलापहरु । नेपाली महीलाको स्थिति नेपाली समाजमा लैङ्गिक असमानता र भेदभाव वर्तमानसम्म पनि कम हुन सकेको छैन । पालनपोषण, शिक्षा, स्वास्थ्य सुविधाका अवसरमा परिवार भित्र छोरा र छोरी, पुरुष र स्त्री बिच लैङ्गिग भेदभाव स्पष्ट देखिन्छ । 

नेपालमा महिलाहरु पुरुषको तुलनामा बढी मरि रहेका छन् जुन संसारको अन्य मुलुकको दाजोमा ठिक उल्टो छ । परिवारमा महिलाहरुको निम्न अवस्था र लैङ्गिक भेदभावका कारणले नेपाली महिलाको स्वास्थ्य सधै नाजुक अवस्थामा छ । रक्त अल्पता, बाँझोपन, आङ खस्ने, महिनावारीमा गडवडि, असुरक्षित गर्भपतन, प्रस्तुति समस्या, स्तन र पाठेघरको क्यान्सर जस्ता स्त्री सम्बन्धी स्वास्थ्य समस्याहरु प्रचुर मात्रामा हुनुको मुख्य कारण स्त्रीलाई सन्तान उत्पादन गर्ने साधन ठान्ने, स्त्री रोग एवं समस्या प्रति परिवारजनको उदासिनता र औषधी उपचार लगायत उचित पोषण प्रतिको उपेक्षा हो । 

तर महिलाको स्वास्थ्यको नाममा बढी प्रजनन् र परिवार नियोजन तर्फवाट ध्यान केन्द्रित गरिएको छ । राज्यले महिलाको प्रजनन् अधिकार संरक्षण गर्न कुनै कानुन एवं नीति बनाएको छ्रैन् । परिवारमा छोराको महत्व श्रेष्ठ हुने र पुरुषको प्रभुत्वले गर्दा प्राकृतिक रुपमा लिङ्ग बिभाजन समान र बराबरी आवश्यकतालाई बिर्सदै सामाजिक रुपमा उत्पन्न गरिएको लैङ्गिक असमानतालाई अझ व्यापक बनाउँदै लगेको देखिन्छ । यस्तो पितृसत्तात्मक मूल्य, मान्यता र संरचनामा महिलाका सम्पुर्ण सामाजीक अधिकारहरु कुण्ठित अवस्थामै छन् । महिलाको सामाजिक स्थितिलाई उच्च पार्न र गतिशिल तुल्याउन अझैसम्म कुनै सामाजिक एवं सांकृतिक आन्दोलनहरु थालिएको छैन । महिलाको आर्थिक स्थिति उनिहरुको आर्थिक सक्रियता, रोजगारीको अवसर, सम्पति माथिको स्वामित्व र आर्थिक सवालमा निर्णय लिने भूमिका आदिमा भर पर्दछ । 

औषत नेपाली महिलाको पुरुषको तुलनामा तीन–चार घण्टा बढी काम गर्ने भए पनि महिलाको कामलाई आर्थिक सक्रिताको रुपमा लिएको छ्र ्। २०४८ सालको जनगणनाले आर्थिक रुपले सक्रियता भनेर ४५ प्रतिशत महिलाहरुलाई मात्र मानीएको छ । महिलाहरुले घरायसी कामका नीम्ति खर्चने श्रमलाई अनुत्पादन रुपमा नलीई ती कामलाई पनि आर्थिक कार्यको रुपमा मान्यता दिईनु पर्ने सुझावलाई बहुदलिय व्यवस्था पछि पनि अपनाउन सकिएको छैन । बहुदलिय व्यवस्थाका पछिल्ला वर्षहरुमा नेपाली महिलाहरुले समान अधिकारलाई जोडदार रुपमा उठाएका छन् । आर्थिक सरकारको प्रत्याभूति हुन सकेको खण्डमा नेपाली महिलाहरुको आर्थिक अवस्था लगायत अन्य धेरै पक्षमा परिवर्तन आउने देखिन्छ । 

राज्यले रोजगारी सिर्जना लगायतका कुनै पनि कार्य गर्दा महिलाको न्यायोचित संलग्नताको सुनिश्चित गर्नुपर्छ । महिलाले स्वतन्त्र रुपमा काम गर्न र आफ्नो कमाइमा स्वनीयन्त्रण राख्न पाए भने सन्तानको स्वास्थ्य सुधार गर्न र राम्रो शिक्षा दिक्षामा खर्च गर्छन् । राज्यले महिलाको लागि लगानी गर्नसके सम्भावित मानवीय विकासमा खासगरी प्रजनन् स्वास्थ्यको गिर्दो अवस्थालाई न्यून गर्न सहयोग पुग्न सक्छ । जहाँ हिन्दु धर्मको प्रभाव परेको पितृसत्तात्मक परिवारको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक पक्षमा महिलाको हैसियतलाई विश्लेषण गरेको पाईन्छ । जसले गर्दा आजसम्म पनि महिला र पुरुषविच भेदभाव देखिन्छ । महिलाहरु पितृसत्ताका कारण हरेक क्षेत्रमा शक्तिविहिन हुन्छन् । पुरुषको हातमा सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक शक्ति हुन्छन् तर महिलाहरु शक्ति र अधिकारबाट वश्चित छन् । त्यस कारण महिलाहरु पुरुषको चाहना अनुसार शोषित, पिडित र दविएका छन् । समाजका हरेक क्रियाकलापमा महिला र पुरुषका बिचमा विभेद देखिन्छ । समाजको आर्थिक, राजनैतीक लगायत शैक्षिक अवस्था पुरुषको तुलनामा महिलाको धेरै नै कमजोर रहेका छन् ।

सन् १९९० मा नेपालमा भएको प्रजातन्त्रको पुनर्वाहाली पछि महिला आन्दोलन तथा महिलाद्धारा महिलाको विषयमा महिलाहरुको परिचालन गर्ने प्रवृति बढ्दै गएको छ । त्यस्तै केही विषय महिला समस्याहरु राष्ट्रिय समस्याका रुपमा स्थापित भएका छन् । महिलासंग सम्बन्धीत नागरिक संगठनहरुले समाजका महिला वर्गको शक्ति परिचालन गर्ने प्रयास गर्दै आएका छन् । पर्यटन उद्योगले रोजगारीका अवसरहरुको सृजना गरेर देशको आर्थिक क्षेत्रको महत्वपुर्ण प्रभाव पारेको छ । ब्रिटेन जस्तो देशले समेत पर्यटन उद्योगलाई रोजगारीको अवसर प्रदान गर्ने उद्योगको रुपमा सरकारी तवरबाट नै स्वीकार गरेर बेरोजगारी बढी भएको क्षेत्रमा पर्यटनको बिकास गर्ने निर्णय लिएको देखिन्छ । 

पर्यटन व्यवसायबाट महिलाहरुले पनि बेरोजगारका अवसहरु प्राप्त गरेका हुन्छन् । स्थानीय स्तरका हस्तकला सामग्रीको उत्पादन गर्ने महिलाले ति सामग्री मार्फत पर्यटहरुकलाई आकर्षक गरेको पाईन्छ । उदारणको लागि ग्वाटेमालामा पर्यटकले मन पराउने माया जातीको कपडा बुन्ने महिलाहरुले त्यस्तो कला र रंगहरु प्रयोग गर्न लागे जसले पर्यटकहरुलाई बढी आर्षित गर्थे । बितेका केही दशकमा महिलाको रोजगारी संख्या, उनिहरुको औसत साप्ताहिक पारिश्रमिक गति र कामको समयको आधारमा पर्यटनमा महिलाको सहभागितालाई अध्ययन गरिएको छ । विभिन्नन देशहरुको बिचमा महिलाको संख्या र उनिहरुको पर्यटनमा कार्यक्षमताको प्रतिशतको ठुलो अन्तर रहेको छ । विश्वमा पर्यटन उद्योगमा सहभागि महिलाको १९८८–१९९७ मा उपलब्त्र तथ्याङ्ककमा एउटा फराकिलो बृद्धि देखिएको छ । 

औद्योगिक रुपमा बिकसित देशहरुमा पर्यटन उद्योगमा महिलाको वास्तविक सहभागितामा केहि परिवर्तन आएको छ । घण्टाको आधारमा महिला र पुरुषको कामलाई तुलना गर्दा महिलाहरु आंशिक कार्य अथवा अस्थायि रोजगारीका लागेका हुन्छन् । महिला र पुरुषको काम गर्ने घण्टा र उनिहरुको भिन्न पारिश्रमीकको सन्दर्भका विकसित विश्वको बिचमा एउटा अन्तर हुन्छ, जसले महिलाको औषत साप्ताहिक पारिश्रमीक एउटा पुरुषको पारिश्रमिकको ८०% प्रतिशत बरावर गराउँछ र कम बिकशित देशमा महिलाको औसत पारिश्रमिक पुरुषको भन्दा अर्को १०% देखि ७०% ले घट्छ ।