– सरिता के. सी.

काठमाडौं – महिला वा स्त्री वा नारी मानवको स्त्रीलिंग जाती हो जसको व्यवहार पनि स्त्रीकै हुन्छ । यो शब्द सम्पूर्ण स्त्री वर्गलाई दर्शाउनको लागि प्रयोग गरिन्छ, जस्तैः नारी (अधिकार । 

ऐतिहासिक तरिकामा हिन्दु नारीको भूमिकामा धेरै फरक आएको छ । परम्परागत तरिकामा मध्यम वर्गीयमा नारीको भूमिका घरेलू कामहरू सँग जोडिएको हुन्थ्यो जस्तै कि बच्चाहरू लाई हेर्नु र धेरैजसो महिलाहरू पैसा कमाउन जाँदैनन्। गरीब नारीमा, खासगरि मेहनती वर्गमा पैसाको कमीको कारणले नारीको काम गर्न पर्थ्यो हुनत महिलाहरू लाई दिइने काममा संधै पुरूषहरूलाई दिइने कामहरू भन्दा प्रतिष्ठा र पैसा दुवैमा साना हुन्थे । 

बिस्तारै बिस्तारै, घरमा नारीले काम नगर्नु धन र प्रतिष्ठाको प्रतिक मानिन थाल्यो जबकि नारीले काम गर्नुको मतलब त्यो घरलाई तल्लो वर्गमा गनिन्थ्यो । तर म एउटा “नारी” मेरो अनेकौ रुप म जब आमाको कोखमा हुदा मलाई छोरी भनेरे आमाकै कोखमा मार्ने प्रयास गरिन्छ । केही गरि भग्यले यो धर्तिमा पैतला राखेको छु । भने घरमा छोरी भनेर घृणा तिरस्कृतित हुन्छु । किन भने म नारी हु । यो सब समस्या पार गर्दै म युवती हुन्छु। अनि समाजले हेर्ने गिद्धी नजरज को सिकार हुनपुग्छु। किन भने म नारी हु ।

त्यस पछि मेरो बिवाह हुन्छ । अनि एउटा घरमा जहाँ म कसैलाई चिन्दिन । मेरो श्रीमान जो संग बिहेहुनु भन्दा अगाडि उसको स्वभाव उसको बानी बेहोरा केकस्तो छ। त्यो पनि थाह हुदैन । तर एउटा अन्जान परिवार अन्जान व्यक्ती संग बस्नु पर्ने बाध्यता आउँछ । त्यति बेला पनि आमा बुवाले बिहेगरेर पठाएको घरमा दुइथोपा आँसु झार्दै अर्का को घर पुग्छु । किन भने म नारी हु ।

अनि त्यहा लक्ष्मण रेखा बनाइन्छ । जहाँ आफ्नो इक्षा अकान्छालाई मारेर भए पनि सब परिवारलाई खुशी राखछु। र मनदुखयो भने एकान्त मा गएर रुन्छु । मेरो आँसु पुछने कोइ हुन्न । तै पनि म खुशी छु । किन भने म नारी हु । सबलाई खाना खुवाएर म अन्तिम मा बचेको भाग म खान्छु । अनि त्यसैमा एक्लै रमाउछु । राती श्रीमान जाड रक्सी खाएर खाएर आउदा नानाथरिका गालि खाएर । अस्बद दुर्ववहार हुदा पनि बिहान उठेने बितिकै (हजुर भन्नु) पर्ने हुन्छ । तर पनि म सहेर बस्छु । किन भने म नारी हु ।

केही गरि अन्जानमा घरको नियम विपरीत हल्का गल्ती भयो भने पनि गालिसंग, कुटाइपिटाइ अझै त्यो बाट पनि पुगेन भने जाएरै मारिन्छ । किन भने म नारी हु । के यो समाज मा छोरिलाई स्वतन्त्र बाचन पाउने अधिकार छैन ? किन मलाई मलाई आमाकै कोख बाटै मार्ने प्रयास गरिन्छ ? आखिर समाजले मलाई किन सम्मान व्यवहार दिदैन ?  कानुले जति कानुनी व्यवस्था गरे पनि कागज मै सिमित किन ? समाज र समाजिक कार्यकर्ता जो समाज परिवर्त को ठुला( ठुला कुरा गर्छन । समाज परिवर्तन कुराले हैन । 

तपाईं पुरुष भए ढुक्क हुनुहोस्, जतिऔं सन्तान भए पनि तपाईंलाई धर्तीमा स्वागत हुन्छ । नारी भए पहिल्यै बिदाइ गरिन सक्छ । यदि तपाईं दोस्रो वा कुनैकुनै अवस्थामा तेस्रो सन्तान पर्नुभयो भने, तपाईंलाई आफ्नो जीवन वा मृत्युको आभास हुनुअघि नै आमाकै गर्भमा तपाईं महिला हो कि पुरुष भन्ने निर्क्योल गरिन्छ । 
तपाईं पुरुष भए बाँच्न सक्नुहुन्छ, तर नारी भए कतिपय अवस्थामा तपाईंलाई संसारमा आउनुअघि नै बिदाइ गरिन्छ । पुरुष भए जुनसुकै क्रममा परे पनि ढुक्क हुनुहोस्, तपाईंलाई धर्तीमा स्वागत हुन्छ । यदि नारी हो भने तपाईंले आफू मात्र दुःख पाउनुहुन्न, जन्म दिने आमाले पनि हेपाइ खानुपर्छ। कति अवस्थामा त छोरा नजन्मिउन्जेल् थप सन्तान जन्माइराख्नुपर्छ ।

जन्मिसकेपछि तपाईंको शरीरमा जति अंग छन्, ती सबैमा तपाईंले परिवार र समाजको इज्जत बोकिदिनुपर्छ । ढुक्क हुनुहोस्, तपाईं पुरुष हो भने त्यो बोझ बोक्नु पर्दैन । छोरीका लागि न्वारन, पास्नी, गुन्यो चोलोजस्ता संस्कारहरू छोरोका भन्दा फरक गरिन्छ । यसबाट ‘तपाईं आफ्नो भाइ वा दाइ भन्दा अलग्गै हो है’ भन्ने मानसिकता विकास गरिन्छ । तपाईंको लवाइ, खुवाइ, पहिरन, व्यवहार सबै नियन्त्रित हुन्छन । बिस्तारै हुर्कंदा थाहा हुन्छ, तपाईं पसलसमेत कोही साथमा नलिई जान सक्नुहुन्नरु। रातबिरात हिँड्नु खतरनाक हुन सक्छ। तपाईंको शरीर, शरीर नभएर कुनै खजानाजस्तो हो भन्ने बनाइन्छ जुन कसैले लुटिदिन सक्छ, आँखा लगाउन सक्छरु। त्यसैले शरीर ढाक्नुपर्छ, कसैलाई छुन दिनु हुँदैन । छोएमा तपाईंको आफ्नो शरीरमाथिको अधिकारको हनन होइन, तपाईंको परिवार वा समाजको इज्जत जान्छ । 

तपाईंको शरीर ‘लुटिए’ तपाईंको भन्दा परिवार वा समाजको इज्जत लुटिन्छ । लुट्ने अरू कोही नभएर पुरुषै हुन्छ । किनभने, महिलामा लुट्ने सामर्थ्य हुँदैन, लुटिने अवस्था मात्र हुन्छ । हुर्कंदै गर्दा तपाईंलाई यो पनि अनुभव हुन्छ कि तपाईंको दाजुभाइ तपाईंभन्दा बढी महत्त्वपूर्ण हुन्रु। उनीहरूलाई किनिदिने महँगा लुगामा, उनीहरूलाई दिइने स्वतन्त्रतामा, उनीहरूले तपाईंलाई सुरक्षा गर्न सक्ने कुरामा, तपाईंलाई अर्काको घरमा जानुपर्ने कुरा सम्झाउँदा वा तपाईं आमालाई सघाइरहँदा दाइभाइ भने खेल्न जाँदा यस्ता कुराको बोध हुन्छ । तपाईंले पढ्ने किताबमा, हेर्ने चलचित्रमा, सुन्ने गीतमा, कथा सबैमा घरका काम आफ्नो जिम्मेवारी भनेर बुझ्न हुन्छ । 

तपाईंले कस्तो कपाल राख्ने, कस्तो लुगा लगाउने, कोसँग बोल्ने, कसरी बोल्ने, के खेल्ने, के नखेल्ने आदि पनि सूक्ष्म तरिकाबाट व्यवस्थित तरिकाले घर र अन्य सामजिक संस्थाहरूबाट निर्देशित र प्रशिक्षित हुन्छ । हो, कहिलेकाहीं नारीदेवीको स्वरूप मानेर नवरात्रिमा तपाईंको पूजा पनि गरिन्छ । तर रजस्वला भएपछि त्यो ठाउँ फेरि पाउनुहुन्न । रजस्वलासँगै तपाईं पर सर्नुहुन्छ । हरेक समय इज्जत बोक्ने भाँडो भैरहने योनी, रगत बग्दा इज्जतको बोझसँगै अछुत हुन्छ ।

यति मात्र होइन, तपाईंको कुनै घर हुँदैन, तपाईं कि बाउको घरमा कि लोग्नेकोमा बस्नुहुन्छ । थर–जात पनि कि तपाईंको बाउको हुन्छ कि लोग्नेको उपहार हुन्छ । तपाईंको देश पनि हुँदैन, किनकि तपाईं आफ्नो बलमा होइन कि बाउ वा लोग्नेका आधारमा मात्र नागरिकता पाउनुहुन्छ । नौ महिना पेटमा र नहुर्किंदासम्म हेरचाह गरे पनि तपाईं एक्लीले सन्तानको स्वामित्व लिन सहज हुन्न । तपाईंको सन्तान तबसम्म तपाईंजस्तै देशविहीन, जातविहीन र अनाथ हुन्छ जबसम्म उसको बाउले उसको अस्तित्व स्विकार्दैन । तपाईं सोच्नुहोला त्यो अरूले बनाएको नियममा नबसे के हुन्छ ? त्यस्तो गरेमा तपाईं समाजका नाममा कलंक बनाइनुहुन्छ । सामाजिक सञ्जालमा तपाईंको चरित्रहत्या हुन्छ । तपाईं सामाजिक बहिष्कारको सिकार हुन सक्नुहुन्छ ।

यही भएर, म आफैंलाई प्रश्न गर्छु – नारी हुनु भनेको के हो ?  होइन भने आफ्नो व्यहवारले समाज परिवर्तन गर्नुस ।