काठमाडौं - साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य ४५ रुपैयाँले घटेको हो।
मूल्य घटेसँगै आइतबार छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आइतबार प्रतितोला ४५ रुपैयाँले घटेर ३ हजार ६५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा खरिदबिक्री भएको थियो। महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार साताको पहिलो दिन सुनचाँदी दुवै धातुको मूल्यमा गिरावट देखिएको हो।


0 comment