काठमाडौं - चितवन राइनोजका तीव्र गतिका बलर रिजन ढकालबलर रिजन ढकाल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भएका छन्। उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा १७ विकेट लिएका ढकालले पुरस्कारस्वरूप ओमोडा एन्ड जेकोको कार जितेका छन्।
प्रतियोगिताभर उत्कृष्ट बलिङ गरेका ढकालले सर्वाधिक प्रभावशाली नेपाली खेलाडीका रूपमा कार पुरस्कार हात पारेका हुन्।
एनपीएलको पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरीले कार जितेका थिए भने दोस्रो संस्करणमा लुम्बिनी लायन्सका रोहित पौडेलले उक्त पुरस्कार प्राप्त गरेका थिए।
यससँगै एनपीएलको तीनवटै संस्करणमा फरक–फरक नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शनका आधारमा कार पुरस्कार जितेका छन्।


0 comment