सीमोन द बोउवर को बारे हामी चर्चा गर्न  सक्छौं । 

विश्वमा बैचारिक, दार्शनिक दृष्टिले महत्वपुर्ण स्थान लिने फ्रान्सेली युवती हुन् - सिमोन द बोउबार । सिमोनले आफ्नो युग हल्लाएकी एक अग्रणी बन्न पुगिन् । 

सिमान आजीवन अविवाहित रहिन् तर उनको दार्शनिक लेखक सात्र्रसँग अन्तरँग सम्बन्ध रह्यो जसलाई पति पत्नीको रुपमा रहेको सम्म पनि भनियो । तर औपचरिकता दिइएन ।

सिमोनको महत्व चाहि नारी स्वतन्त्रता, महिला सशक्तिकरणमा  नै चुलियो । यसै सन्दर्भमा सीमोनका जीवन यात्राको सम्बन्धमा केही कुरा-
सन् १९०८ को ९ जनवरीमा सीमोन द बोउवारको जन्म पेरिसको एक मध्यम बर्गीय क्याथोलिक परिवारमा भयो । पहिलो सन्तानलाई आमा बाबुले निकै स्नेह गर्थे । सिमोन उमेर बढेदै जाँदा किताबम घण्टौ हराउँथिन् र उनले सानै उमेरमा लेखक बन्ने निणर्य गरिन् । चौध बर्षमा उनले प्रभु यीशुमा विश्वास गर्दिन् भनेर आमालाई भनिन् । सन् १९२६ मा सौरबोन विश्व विद्यालयबाट सिमोनले दर्शन र साहित्यको कोर्स गरिन् । सन् १९२७ मा दर्शनमा डिग्री लिइन र घरको बन्धनबाट छुटिन । सिमोनले पहिलो प्रयास भने सात्र्रले दोस्रो प्रयासमा दर्शन पास गरे । दुवैको दोस्ती प्रेममा परिणत हुन थाल्यो । 

सिमोन विवाहलाई जर्जर संस्था मानिथन । सन् १९३१ मा सात्र्रको नियुक्ति मार्सेय स्कूलमा भयो तर सात्र्रले उनलाई विवाहको प्रस्ताव राख्दा पनि आफ्नो आस्थामा अडिग रहिन् । सात्र्रले सुन्दरी छात्रा ओल्गासँग सम्बन्ध राख्न खोज्दा सोमनको चित्त भने दुख्यो । सखत्र्र र सिमोनले घर बसाएनन् र होटलमा खाने, बस्ने गर्थे । सिमोन गृहस्थीको झंझटबाट मुक्त थिइन् । सारा समय लेखन, अध्ययन र अध्यापनमा बित्यो ।

सन् १९४० को बर्षमा सात्रले भने झै जीन्दगीलाई राजनीतिबाट अलग गर्न सकिदैन । सीमोन र सात्र्र दुबै पेरिस बाट भागे किनकी नाजी सेनाले पेरिसको सडकमा प्रदर्शन गरिरहेका थिए । नाजीले सिमोनलाई स्कूलको जागिरबाट निकालिदियो र सिमोनले यही समयमा । शी केम टू स्टे लेखिन् जसलाई जन-सम्मान मिल्यो । १९४७ मा सीमोनले आफ्नो किताब “द सेकण्ड सेक्स” मा काम शुरु गरिन् । महिलाको नियुत्ति के हो ? उनी किन गुलाम छिन् ? कसले उसको खट्टामा जन्जिर लागायो ? जस्ता प्रश्न थिए उनको किताबमा । 

जब उनले शिकागोमा अमेरिकन उपन्यासकार नेल्सन एलग्रेनसँग भेटिन र दुबै बीच प्रेम सम्बन्ध रह्यो । एलग्रेनले विवाह प्रस्ताव राख्दा उनी सात्र्र प्रति प्रतिबद्ध रहिन् । उनलाई पेरिस र आफ्नो लेखन प्रति लगाव थियो ।

सन् १९४९ मा “द सेकेण्ड सेक्स” प्रकाशित भयो । धनी-गरिब हर ठाउँमा महिला जंजीरमा छ । कोही महिला मुक्त छैन । स्त्रीको समस्या साम्यबादमा पनि सुल्झिदैन भन्ने भनाई आयो । यो दुनिया पुरुषले स्त्रीलार्य नसोधी बनाएको हो । स्त्री बर्षै देखि ठगिएकी छिन् । यदि उसले कुनै स्वतन्त्रता पाएकी छ भने उति नै जति पुरुषले आफ्नो सुविधाको लागि दिएको छ । स्त्री अधिनस्थ रहनुको कारण जीव विज्ञान, मनो विज्ञान, अर्थशास्त्र तथा जातीय इतिहासमा आधारित छ । यो आधार हेर्दा सीमोनको जीवन सरल रेखामा चलेको थिएन, बरु संघर्षशील शौद्धिक व्यक्तित्व सीमोनले बिभिन्न उतार चढावका बीचमा विश्वको महिलामा एक अमीट छाप छाडिन् । यस अर्थमा उनका अरु सिर्जनाका साथ “द सेकेण्ड सेक्स” महत्वपूणर् छ । यस अर्थमा पठनीय पनि छ । यसका महत्वपूणर् उदाहरणहरु मा “स्त्री आफै जन्मिएकी होइनन्, उनलाई समाजले त्यस्तो बनाइएको हो । जब स्त्रीले जन्म लिन्छन्, उनीहरुमा पनि पुरुष जत्तिकै क्षमता, इच्छा र गुण हुन्छन् । स्त्री अधिकार सँगको सम्पूणर् सामाजिक राजनीतिक मुद्दामा सीमोनको भूमिका थियो । १९७३ मा सात्र्र दृष्टिहिन भए जो सँग उनले जीवनभर स्थायी प्रेम सम्बन्ध कायम गरिन र १९८० मा सात्र्र को मृत्यु भायो । त्यस्तै १९८६ मा सीमोनको पनि मृत्यु भयो ।

परीक्षा कोइराला,