प्रश्नः- भोज भतेरमा पार्टीमा ठूला हाकिम र नेता किन थोरै खान्छन् ?
उत्तर ः किनभने घूस खाँदाखाँदा उनीहरुको भोक मरिसकेको हुन्छ, अर्थोक क्यै पनि उनीहरुलाई रुच्दैन ।
प्रश्न ः “हाउस” र “होम” मा के फरक छ ?
उत्तर ः “हाउस” ढुङ्गा, ईटा, सिमेन्ट, छड र बालुवाले बन्छ भने “होम” चै प्रेमले मात्र बन्छ ।
प्रश्न ः दार्शनिक कस्तोलाई भन्छन् ?
उत्तर ः दार्शनिक त्यस्तो व्याक्तिलाई भन्छन् जसले दुध उम्लिएर पोखियो भने दुधमा मिसाएको पानी पोखियो भनेर स्वयंलाई सम्झाउँछ र चित्त बुझाउँछ ।
प्रश्न उपदेश केलाई भन्छन् ?
उत्तर ः उपदेश त्यो कुरा हो जसको आवश्वकता बुद्धिमानलाई हुँदैन र मूर्खले त्यो कहिल्यै लिदैन ।
प्रश्न ः नेताको चरित्रमा सबैभन्दा ठूलो गुण के हो ?
उत्तर ः प्रायः सबै नेताको चरित्रमा एउटा ठूलो गुण हुन्छ । त्यो के भने जहाँ खोलानाला हुँदैन त्यहाँ उनीहरु शानदार पुल बनाउँछन् । काल्पनिक विकास गर्छन् । आश्वासन बाँड्छन् ।

0 comment