परीक्षा कोइराला,
प्रत्येक पाँच बर्षमा राजधानी बेइजिङमा हुने अधिबेशनले सी चिनफिङलाई माओत्सेतुङपछिको शाक्तिशाली नेताको रुपमा स्थापित गरेको छ । राष्ट्रपतिले हङ्कङमा सुशासन तर्फ ल्याउने यात्रा भन्दै प्रशंसा गरेका छन् । उनले ताइवनलाई पनि नियन्त्रणमा लिन चीनसँग बल प्रयोग गर्ने अधिकार रहेको बताएका थिए । राष्ट्रपति सी अहिले चिनियाँ कम्युनिस्ट पार्टी महासचिब देशको राष्ट्रपति र सैन्य सङ्गठनहरुका प्रमुख पनि हुन् । त्यस्तै चीनले विद्यालयका पाठ्यक्रममा राष्ट्रपति सी जिन्पिङले प्रतिपादन गरेका राजनीतिक विचार समाबेश गर्न लागेको छ । सी जिन्पिङ विचारधारले किशोर किशोरीमा मार्क्स्वादी अवधारणा स्थापित गर्न सघाउने छ ।
जिनपिङ समाजबाद तर्फको यात्रामा फर्कन लागेको देखिन्छ दशकौं सम्म चीनको जीवन देशमै विकास गरिएको पुँजीवाद विरोधी व्यवस्थाको वरपर घुमिरहेको थियो । प्राविधिक रुपमा कम्युनिस्ट देश भए पनि सरकारले केही व्यक्तिलाई एकदमै धनी बन्न दिने प्रणालीले पुरै समाजले लाभ लियो । यसले केही हदसम्म काम गर्यो र समाजका हरेक वर्गको जीवनस्तर अहिले उठेको छ ।
सन् १९७० को दशकसम्म दिशाहीन चीन त्यहाँबाट माथि उठेर अहिले विश्व आर्थिक रुपमा अमेरिकालाई चुनौती दिइरहेको छ । पार्टी महासचिब जिनपिङको सरकारले पार्टी भित्र केही हदसम्म कम्युनिस्ट फर्काउन थालेको जस्तो देखिन्छ तर साम्यवादी प्रणाली भए पनि चीनको धनी र गरीब मानिसहरु बीच गहिरो खाडल रहेको नै छ ।


0 comment