१४ मे, १९४८ मा प्यालेस्टाइनबाट ब्रिटिशले उपनिवेस त्यागेपछि बनेको नँया मुलुक हो मध्य पूर्वमा अवस्थित देश इजरायल। यसको क्षेत्रफल २२,१४६ बर्ग कि.मि. छ। प्राय मरुभूमिले भरिएको भूभाग छ भने कुल क्षेत्रफलको २.२५% भूभागमा पानी उपलब्ध छ।
इजरायलीहरु प्राय उत्पादनमा जुट्छन्। त्यसैले प्रति व्यक्ति आय ३५ हजार डलरभन्दा माथि छ। सबै जनता कुनै न कुनै उत्पादनमा सहभागि बन्नु त्यहाँको पद्दति नै हो। साथै त्यहाँको सबै जनताहरुले सुरक्षा तालिम अनिवार्य लिएकै हुन्छन्। आवश्यक पर्दा देशको रक्षाको लागि सबै हतियार चलाउन सक्षम नै छन्। युद्धको बेलामा सेना मात्र होइन आम जनताहरु पनि देशको रक्षाको खातिर लड्न तयार हुन्छन्।
हुन त इजरायल आफैं एक विषम भूराजनीतिक र सामरिक जटिल अवस्थामा छ। राष्ट्रिय सुरक्षा र अस्तित्व रक्षाका लागि उ धेरै सतर्क हुनुपर्छ र त्यो उसले प्राथमिकतामा राखेकै छ र त्यो उसको बाध्यता हो। विगतमा इजरायलले अस्तित्व रक्षाका लागि धेरै निर्णायक युद्ध लड्नु परेको थियो। अर्को तर्फ उनीहरुलाई आफ्नो मुलुकको कति माया छ भने हार्डवर्ड, अक्सफोर्ड, कोलम्बिया, पि्रन्स्टन, जर्जटाउन, एमआईटी जस्ता विश्वविद्यालयबाट धेरै लामो अनुभव लिएका सुविधापुर्वक रहेका प्राध्यापकहरू समेत इजरायल फर्केर आफ्नो देशको अनुसन्धान र बिकासमा सहभागी हुन्छन्। त्यसैका कारण अन्तरपुस्ताहरुमा जवाफदेहिता र प्रगाढ सम्बन्ध छ।
राष्ट्रियतामा 'ए नेसन इन युनिर्फम, ए नेसन इन आर्म' अथवा 'सिटिजन इन युनिर्फम' का सबै व्यवहार र आदर्श देशसँग गाँसिएको छ। विध्वंसक हतियारले लेस छ। त्यसैले विश्व मानचित्रमा इजरायल सुरक्षित छ। सारा अरब विश्वमा इजरायलको प्रभाव छ। त्यति मात्र होइन संसारलाई विभिन्न प्रबिधि सहयोग गर्न सक्षम छन्। विश्वमै इजरायलको सान छ, मान र इज्जत छ, प्रतिष्ठा उँचो छ। त्यसो हुनुको प्रमुख कारण इमान्दार नेतृत्व हुनु हो। राष्ट्रप्रति उत्तरदायी नेतृत्व र कर्मठ र इमान्दार जनता हुनु नै इजरायलको विशेषता हो।
अब लागौँ नेपाल तर्फ। नेपाल एक हिमाल, पहाड, तराई सबै प्रकारको हावापानी भएको, कतै विषम स्थिति नभएको, प्रशस्त अनुकुल भुमि भएको मुलुक हो। तर गलत र बिकाउ नेतृत्व र दास मानसिकता भएका हामि जनता कै कारण नेपाल खाद्यान्नमा परनिर्भर छ। सुरक्षाको लागि गोलि बारुद बन्दुक सबैमा परनिर्भर छौँ।
क्षेत्रफलको हिसाबले नेपाल इजरायलभन्दा धेरै गुणा ठुलो छ। जनसंख्याको हिसाबले पनि धेरै गुणाले ठुलो छ। खेति योग्य जमिनको त कुनै तुलना नै छैन। त्यसैले त इजरायलीहरु भन्ने गर्छन् नेपालको जस्तो भुमिमा हामि हुने हो भने उत्पादित फलफुल र अन्नले सिंगो दक्षिन मात्र होइन तिब्बतका पुरै मानिस पालन सक्छौँ।
भूमिको हिसाबले जनसंख्याको हिसाबले इजरायल भन्दा नेपालमा के कमि छ ? फेरि पनि हामि किन भिकारी बन्यौ? आम नेपालीले विचार गर्नुछ। यस्तो हुनुमा हामि नेपाली जनता कत्तिको जिम्मेवार छौँ? त्यो पनि छातीमा हात राखेर सोच्नुछ।
अब कल्पना गरौं, नेपाल गरिब हुनुपर्ने, भिख माग्नुपर्ने, अरुको लागि मर्नु पर्ने कारण केहि छ त ? मलाइ लाग्छ छैन। केहि कमि छ भने केवल व्यक्तिगत स्वार्थमा विदेशिको लागि काम गर्ने बिकाउ नेतृत्व छ। यो नै प्रमुख समस्या हो भने दोस्रोमा काम नगर्ने अरुको कुरा काटेर दिन बिताउने पढेलेखेका केहि जमात छन्। तेस्रोमा कामको आधारमा नभई व्यक्तिगत नाफा घाटामा आफ्नो मत बिक्री गर्ने हामि आम जनताहरु पनि छौँ। यदि यो गलत भए यथार्थ तथ्यसहित टिप्पणी गर्नुहुन अनुरोध छ।

0 comment