– रामशरण पाण्डे
काठमाण्डौं – राम पाण्डे सत्तासित दलको आफ्नो दस्तावेजबाट साम्यवाद हराउनु कुनै संयोग मात्र होइन यो त पूर्वनिर्धारित र योजनाबद्ध कार्यादिश बमोजिममा नै भइरहेको थियो । यो कार्य नेकपा मालेको स्थापनाको केहि समय पछिबाट नै सुरुवात भएको हो । जब नब्बेको दशकमा संसारबाट कोही रोगले, कोही कालगतिले कम्युनिष्ट सरकारको मृत्यु भयो र सरकार ढल्यो । कम्युनिष्ट पार्टीहरु विघटन हुने जस्ता घटना घट्न थाले । विश्वमा कम्युनिष्टहरुले आफ्नो अस्तित्व बचाउन मुस्किल भइरहेको बेलामा नेपालमा कम्युनिष्टका विरुवाहरु फुल्ने तरखरमा थिए ।
त्यसै पार्टीहरु मध्ये एकाध बर्षमा एमाले नामका पार्टी बन्यो र त्यस पार्टीको बोटमा नै लटरम्म कम्युनिष्ट फुल फुल्यो । यो एउटा संयोग थियो त्यसबाट आम नेपालीले ठूलो आशा पनि गरे । त्यसै बोटबाट कम्युनिष्ट नामको फल लाग्यो । हुन त त्यो फलमा फूलको अवस्थामा नै फल कुहिने रोग लागिसकेको थियो । तै पनि फल लाग्यो त्यो अचम्मको फल हेर्न संयुुक्त राज्य अमेरिकाका राजदूत पार्टी कार्यालय वल्खु पुगे । त्यो भन्दा पहिला पार्टी कार्यालयको सोभा ठूलो आकारमा सजाइएका कार्ल माक्स, एगेल्स, लेनिन, स्टालीनका फोटोहरु थिए । जब राजदूत गेटमा पुगे तब हतार हतार उक्त फोटोहरु लुकाइए । मानौ स साना चल्ला भएको ठाउँमा बाज आउँदैन । ती फोटोहरु लुकाउनेयो घटना त्यसै घटेको थिएन जब अमेरिकी राजदूतलाई हामी असली कम्युुनिष्ट हैनौँ भनि त्यसै ताका स्पष्टिकरण दिएको हो । हुन त एमालेका प्रथम अध्यक्ष तथा नेपालकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीले नै कम्युुनिष्ट नाम आफ्नो पार्टीको ट्रेड मार्क मात्र रहेको र कम्यनिष्ट शब्दबाट नबिच्किन सार्वजानिक रुपमा नै आवाह्न गरेकै हुन् । त्यस अपिललाई संसारले साँचो मानेपनि त्यो सत्यलाई मान्न आम नेपालीले अस्वीकार गरे ।
कम्युनिष्ट नामलाई सत्य माने पटक पटक भोट दिएर ठूलो शक्ति बनाए । जब कम्युनिष्ट नामको साम्यवादी पार्टी सरकारमा पुग्यो । तब ठूला ठूला निजी अस्पताल र स्कूल कलेज खुल्न थाले । यसरी व्यवहार परिर्वतन हुँदै गयो । सामान्य नेता हरुको जीवनमा ठूलो परिर्वतन आउन थाल्यो । उनीहरुका ठूला ठूला महल ठडिन थाले । कम्युनिष्ट नेता सडकमा महंगा गाडीमा गुड्न थाले । महाकाली जस्तो सन्धि राती १२ बजे पारित हुन थाले । यसरी आफू कम्युनिष्ट नभएको यर्थाथ प्रमाण दिँदा पनि हामी नेपालीहरु उनीहरुको नक्कली कम्युनिष्ट नामलाई विश्वास गरीनैै रह्याँै ।
अर्कोतिर साँचो कम्युनिष्ट पार्टीहरुले जस्तो शसस्त्रयुद्ध गर्दै नेपालमा अर्को माओवादी नामको पार्टी उम्र्यो । त्यो छिटो छिटो बढ्दै फूल फुल्न थाल्यो । त्यो देखेर नेपाली जनतामा अर्को भरोसा जाग्यो । जब २०६४ मा चुनाव भयो । ठूला कम्युनिष्ट एमाले र विदेशीले विश्वास गरेको र नेपालकै ठूलो दल कांग्रेस दुबै मिल्दाको सिट संख्या भन्दा दुईगुणा ठूलो बन्यो । यो एउटा दास्रो आश्चर्य थियो । यसै क्रममा यिनै त्रिपार्टीले नेपालको संविधान नामको एउटा किताव तयार गरे । त्यसै संविधान अनुरुप २०७४ मा चुनाव भयो । एमाले माओवादी नामका दुइगुट एक भएर चुनाव लडे र चुनावमा दुइतिहाई सिट जिते । नेपालमा एसियाकै ठूलो कम्युनिष्ट नामको पार्टी बन्यो । त्यसै दुईतिहाई शक्ति सहितको सरकार बन्यो ।
त्यसपछिअब नेपालमा स्थायित्व हुन्छ, विकास निर्माणले गति लिन्छ, शान्ति सुरक्षा कायम हुन्छ, भन्ने आम नेपालीलाई लागेको थियो । तर सरकारको यो वार्षिकि नजिकिँदैै गर्दा शान्ति सुरक्षाको दुर्दशा, विकास निर्माणको नाममा भएको लुटमार हेर्दा, ठूला नेताका छोराभतिजाको जीवन उतार चढाव हेर्दा प्राकृतिक स्रोतमाथि सत्ताको आडमा लुट मच्चाउँदा नेपालको भूभाग तिब्र गतिमा मिँचिदा दुइतिहाई सरकारले छापेको नेपालको नक्साबाट नेपाली भूभाग गायब हुँदा यो कम्युनिष्ट नामको २ तिहाई सरकारले गरेको कार्यहरु हेर्दा आम जनतामाझ तेस्रो आश्र्चय भएको आभाष हुन्छ । त्यसैले यो कम्युनिष्ट रुपी फल फलकै समयदेखि रोग लागेको र अहिले कुहिने अवस्थामा पुगेको पो हो की भन्ने आशंका थपिन्छ । हेर्दै जाउँ समयले नै प्रमाणित गर्नेछ ।

0 comment