– खेतु के. सी.
काठमाण्डौं – यहि आँउदो प्रदेश सभा र प्रतिनिध सभा चुनावका लागि निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम दिन महिला स्वास्थ्य स्वयंसेविकाहरु घर–घरमा खटाएको छ साथै मतदालाई कसरी सहि मतदान गर्ने भनेर सिकाईनेछ । यो मतदाता शिक्षा देशका ७७ वटै जिल्ला ७५३ स्थानीय तहका ६ हजार ७४३ वडाका घरमा मतदाता शिक्षा कार्यक्रम आयोजना हुने निर्वाचन आयोगले जनाएको थियो ।
एक्कासी मतदाता शिक्षाको लागि खटिएका महिला स्वास्थ्य स्वयंसेविकालाई गँउमा देख्दा मतदाताहरु अच्चममित र खुसी देखिएका छन् । दाङ ढिकपुर १० का गणेश खत्री भन्छन् जीवनमै पहिलो पटक यसरी सरकारी निकायले पहिलो पटक कसरी मतदान गर्ने भन्ने सिकाएको देख्दा आफँुलाई खुसी लागेको बताउँछन् ।
मतदाता शिक्षाको लागि खटिएका महिला स्वास्थ्य स्वयंसेविकाले कसरी मतपत्रमा छाँप लगाउने, मतपत्र कसरी पट्याउने अनी इच्छा लागेको चिन्हमा कसरी छाप लगाउने अन्य चिन्हमा छाप नछोइ पट्याएर बाकसमा कसरी खसाल्ने भनेर पहिलो पटक सिकाएको देख्दा झनै खुसी लागेको तेघरा निवासी वर्ष ७५ की रुनुवा चौधरीले बताउँछीन ।
मतदाता शिक्षा दिन घर घरमा पुगेका महिला स्वास्थ्य स्वयंसेविकाहरु भने छुट्टै गुनासो छ, कुनै मतदाताहरु धेरै खुसी हुन्छन त कुनै मतदातहरुले यस्ता खालका गुणसाहरु हामीलाई पोख्ने गर्छन् घण्टौ लाइन लागेर भोट खसाउन जानु पर्ने, पार्टीका उमेदवारमा पनि कुनै आकर्षण छैन । स्वतन्त्र भनाउदा उमेदवारहरूको अनुहार हेर्दा देशको लागि केही गर्ने भन्दा भोलिका दिनमा आफ्ना लागि राजनैतिक च्याँखेदाउँ थापेर फाइदा लिने जस्ता मात्र देखिन्छन । जितेर गएपछि आफ्नै दुनो सोझ्याँउने काम मात्र नेताहरुले गरेको उनीहरुको भनाइ छ । हो यस्तै खाले प्रश्नले हैरान बनाएको महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो छ ।
हाम्रो पोशाक देखेपछि कतिपयले राम्रोसँग सुन्नुहुन्छ, तर कतिपयले कुन राजनीतिक दलबाट आएको ?, हामीलाई फुर्सद छैन, मेलापातको समयमा हामीलाई नअल्मल्याउनुस, जसलाई मत दिए पनि काम गर्ने होइनन् भन्ने प्रश्नले हैरान भएको महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो छ ।
तर जे होस, आयोगले ७ सय ५३ वटै स्थानीय तहमा एक जना अधिकृतलाई तालिम दिएर निर्वाचन सम्पर्क व्यक्तिसमेत तोकिसकेको छ । मतदाता शिक्षाअन्तर्गत आयोगले सबै पालिकामा नमुना मतदानसमेत गराउनेछ । पालिकाको केन्द्रमा सबै वडाका मतदाता समेटेर नमुना मतदान गराउने आयोगले तयारी पनि गरेकोे छ ।

0 comment