– रंजिला दाहाल

काठमाण्डौं – शिवपुरी बाबा एउटा कथन छ–मलाई परम्परावादीले मन पराउदैनन् किनभने म आधुनिक तथा वैज्ञानिक समर्थन प्राप्त कुरा गर्छु, तर आधुनिक वैज्ञानिक वर्ग पनि मलाई रुचाउँदैनन् किनभने म परम्परामा रहेको सत्यको पक्षमा बोल्ने गर्छु । तर हामी उद्यम छौ परम्परामा भएका राम्रा मजबुत पक्ष भताभुंग बनाई एकोहोरो अन्ध नारा लगाई राखेका छौ अग्रगमन र क्रान्तिकारी रटानका नाममा ।

यहाँ आफू मात्र परिवर्तणको एकमात्र सिन्डिकेत हिमायती भन्ने हाम्रा दलका केही ठालू, जातीय मठका मठाधीश, बौद्धिक भाट र चाटुकारीले सुझाए र बुझाएको वाद र बाटोमा हिड्न नमान्नेलाई ‘प्रतिगमनकारी’, ‘अग्रगमन विरोधी’, ‘पुरातनवादी’, ‘राजावादी’, ‘यथास्थितिवादी’, को झटारोले हिर्काउने कथित दुष्कर्म गर्छन् । यो एकाधिकारवादी कुसंस्कार अन्त्यको चेतना हाम्रा दिमागमा नघुसेसम्म हामी कसरी सही बाटोमा पुगौला र ? हाम्रो देश, समाजलाई अगाडि बढाउँला ? 

हाम्रा दलहरु र त्यसका नेतृत्वले प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्रको नाममा सिन्डिकेट लोकतन्त्र चलाइरहेका छन् । प्रजातन्त्रको सामन्य विद्यार्थीले पनि बुझ्ने कुरा हो– शासन विधि, प्रक्रियाका साथै मुख्य कुरा लोकसम्पतिका आधारमा तय गरेर सञ्चालन गरिन्छ लोकतन्त्रमा । के हामी कहाँ यो भएको छ त ?  

हो, सिद्धान्ततः जनताको छोरो राष्ट्रप्रमुख हुन पाउनु अति उत्तम कुरा हो, यसमा दुईमत हुन सकिदैन तर गणतन्त्र घोषणा, धर्म निरपेक्षता र संघीयतामा देश लैजाँदा लोकसम्पति लिनु पर्दैन ? केही थान नेताको निर्णयलाई नै लोकसम्पतिमा रुपान्तरण गरी लोकतन्त्रकै खिल्ली उडाउने ? प्रजातन्त्रको पाठ जनतालाई हरपल सिकाइरहन कहिले थाक्दैनन् हाम्रा नेता । शक्ति पृथकिकरण प्रजातन्त्रको मौलिक त्सिद्धान्त पाखा लगाएर सर्वोच्च अदालतको बहालवाला प्रधानन्यायाधीसलाई उठाएर राज्यको कार्यकारी प्रमुख हाम्रै दलले बनाएका होइनन् र ? सो सरकार गठनको वैधानिकता अस्वीकार गर्दै आएको वैद्य माओवादीलाई बाहिरै राखेर दोस्रो संविधानसभा चुनाव गराउन प्रचण्ड नेतृत्वकै एमाओवादी कन्दनी कसेर लाग्यो, जसको फल एमाओवादीले अहिले गजबसँग चाखिराखेको छ ! 

नेपाललाई भारतले आफ्नै स्वार्थको दृष्टिकोण–ब्रिटिस माइन्ड सेटबाट हेर्छ होला । अमेरिकाले सामरिक महत्वको दृष्टिले हेर्छ होला भने युरोपले सामाजिक र सांस्कृतिक रुपले । चीनले यी सबैबाट आफूमाथि चलखेल हुन्छ कि भन्ने कोणबाट हेर्छ होला । यी चार दिशाका चार शक्तिका आ–आफ्नै स्वार्थको क्रीडास्थल नेपाल बनेको छ । हाम्रा यी सबै आन्तरिक राजनीतिक शक्तिकेन्द्र भित्र बाह्य शक्ति केन्द्रको तहतहका एजेन्टकै नीतिनिर्माणमा दबदबा देखिन्छ । त्यसकारण नेपालको राजनीतिले सही दिशा लिन सकेको छैन ।

राजतनत्र र धर्म निरपेक्षताको मत बाक्ने पार्टीलाई चुनावमा भागै लिन दिनु हुन्न भनी राजकिय शक्ति दुरुपयोग गरी निर्णय गर्ने दल पनि यिनै हुन् । चुनावमा भाग लिन पाऊँ भनी न्यायालयको ढोका ढकढकाउने दल पहिलो र दास्रो संविधानसभामा चुनाव लडी दास्रो संविधानसभामा चौथो शक्तिको रुपमा उदायो । अब उसैको संविधानसभाको प्रश्नावली प्रस्ताव निर्माण समितिमा आफ्ना प्रश्न राख्न नपाउने भएछ ।

मनुके सिद्धान्त छ–पुरै गाउँको भलो हुन्छ भने एक घरलाई छोडिदिनुपर्छ । तर हामीले त एक घर वा व्यक्तिको भलोको लागि पुरै गाउँ जलाइ दिने अरराजनीतिको विकासमा अभ्यस्त छौं । के नेपाली जनताले खोजेको लोकतन्त्र यही हो त ?

हाम्रो शास्त्रले भन्छ, एउटा हत्याका आठ जना हत्यारा हुन्छन् । मार्ने अनुमति दिने, मार्ने, काटकुट गरी विला हाल्ने, किन्ने, बेच्ने, पकाउने, पस्कने र खाने । यी आठ जनामध्ये सबैभन्दा पातकी हत्यारा हो खाने । किनकि खाने नहुदो हो त सातै जना हुने थिएनन् । आज आम नेपाली जनता यो लड्ने÷लडाउने, भाँड्ने÷भँडाउने, फुट्ने÷फुटाउने, विभिन्न परायोजित, नियोजित र सम्पादित एजेन्डा जनसमक्ष फालिएका छन् । कति दिनै हिड्न सकिन्छ बोकेको सामल (खर्च पानी) र लगाएको अर्ती (उपदेश) ले । भँडाउने खेताला र भरिया केही सीमित मात्र र प्रवृति नेपाली राजनीति, सामाजिक र सांस्कृतिक वृत्तमा खेती गरिरहेका छन् तर त्यसको भागिदार हामी भइरहेका छौं । यो जस्तो विडम्वना अरु के नै हुन सक्ला र नेपालीका लागि ? अनुमति दिने, मार्ने, भाग हाल्ने, किन्ने, बेच्ने, पकाउने, पस्कने र मठाधीसको प्रतिकार अनुमतिबिना कोच्याउने केही दर्जन ठालु र मठाधीसको प्रतिकर गर्न आम नेपाली जनता घरघरबाट निस्कन अल्छी गर्नु र संगथित स्वरुप नदेखाउनुको परिणाम हो, वर्तमानमा भोगिरहेको बेथिति, पीडा वा पेन्डुलमको राजनीति ।

धर्मो रक्षित रक्षितः धर्म छाडा कोही नहौ । धर्म भनेको मानव धर्म हो मानवता नै वैदिक साम्यवाद हो भनी जगत्ज्येष्ठ विश्व मानव सभ्यताका आदी व्याापारका योगी नरहरिनाथले भन्नुभएको छ– वैदिक साम्यवाद भन्ने पुस्तकमा ।

‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु...’ भनेर चरचरदेखि समस्त प्रणी सुखी राख्ने सिद्धान्त छ भने लौकिक साम्यवादमा मानवअधिकार रोजी रोटी, गाँस, बास र कपासमा सिमित छ । 

त्यसैले वैदिक साम्यवाद शाश्वत छ । लौकिक साम्यवाद परिवर्तनशील छ । यहाँ कतै अधिनायकवाद छैन । व्यक्ति स्वतन्त्रता छ । चार्वाक जस्तालाई पनि आफ्नो विचार व्यक्त गर्ने अधिकार छ, योगीले व्याख्या गर्नुभएको छ ।

यस्तो शिक्षाको पद्धतिको जग बसाल्न अथक परिश्रमका दाङमा नेपाल संस्कृत विश्वविद्यालग स्थापनाको नेतृतव गरे र त्यस अन्तर्गत कैयन विद्यापीठ र पाठशाला स्थापना गरे योगीले । यसरी स्थापना गरेका विश्वविद्यालय र विद्यापीठमा ताल्चा मार्नुको साथै आगो लगाएर ताप्दै हिड्ने विदेशी र विधर्मीको चाटुकारी जमातको यहाँ विगविग छ । हाम्रो भलो कसरी होला ?

‘जनयुद्ध’ शुुरु हुनु अघिदेखि आजसम्म टाई–सुट सामन्तको, साम्रााज्यवादीको पहिचान हो । निजि विद्यालयमा टाईसुट लगायर महँगो शुल्क तिरेर पढाउन खोलिएका निजि विद्यालय सामन्त र पुँजीपतिका कम्पनी हुन्, त्यसमा टाइसुटमा पढ्ने केटाकेटी पनि पुँजीपतिकै प्रतिनिधित्त गर्छन् भन्दै जनयुद्ध गर्ने नेता प्रचण्ड र उनको पार्टीले सरकारमा जानुपूर्व केन्द्रिय समिति बैठकबाट टाईसुटमा ओहोदाको शपथ खाने निर्णय गरे । यसले उही नेपाली जनजिब्रोमा आउने उखान, कामकुरो एकातिर, कुम्लो बोकी ठिमितिर भने झैं देखियो । नरहरिसाबले भन्नुभएको छ, ‘भाषामा जातीय जीवन रहेको हुन्छ । कुनै जातीको अस्तितव मेट्नु छ भने उसको भाषा मास्नु पर्छ अनि साहित्य, संस्कृति, जातिको आफै मासिन्छन् ।’ यस्तै अवस्था रहेपछि भोलि नेपाली जाति नै मानिस के बरे ? क्रान्तिकारी कुराले मात्र देश, राष्ट्र र राष्ट्रियता जोगिने छैन ।

देशकै जेठो त्रिभुवन विश्विद्यालय र नेपाल संस्कृत विश्वविद्यालयका साथै वुढानिलकण्ठ, ल्याब्रोटरी स्कुलको जिल्ला–जिल्ला र गाँउ वस्तीमा विकास र विस्तार गर्नु त परको कुरा, यसलाई ध्यस्त पार्न आगो झोस्ने काम ग¥यो र गर्दै छौ । हामीकहाँ जानाजान, प्रायोजित र सुनियोजित तरिकाले यी काम दिनानुदिन भइरहेका छन् । यहाँ राष्ट्रनिर्माता पृथवीनारायण शाहाको सालिक ढालिन्छन् । भानुभक्त, वीपी कोइराला, पुष्पलाल, महाकवी देवकोटाका सालिकमा फोहोर गर्न सिकाइन्छ । गजेन्द्रनारायण सिंहको धोती फुकालेर त्यसैमा विस्तारा लगाएर मधेशको मुक्तिको गित गाइन्छ । चोर र लुटेरालाई समेत शहिद घोषणाको माग गरेर गंगालाल, धर्मशक्त, दशरथ चन्द र शुक्रराज शास्त्रीको योगदान र बलिदानको खिल्ली उडाइन्छ ।

हाम्रा वामपन्थि कार्लमकसको देवत्तकरण गर्छन् । आफ्नै माटोका साम्यवादका व्याख्याता योगी नरहरीनाथलाई परम्परावादीको मिथ्या बिल्ला लगाउँछन् । यहाँ दार्शनिक माक्र्सको विरोध गर्न कदाचित खोजिएको हैन । सूर्यलाई हत्केलाले कहाँ छेक्न सकिएला र ? माक्र्सलाई झिकिदिए अधुरो र अपुरो नै रहन्छ विश्व राजनीति र राजनीतिशास्त्र । मजबुत राष्ट्रियता सशक्त र सबल राज्यविना संसारमा कुनैपनि देशले आर्थिक विकास गर्न सक्दैन । बेथित र विसंगतिका बीचमा कसरी विकासे फलको आशा गर्न सकिएला र ? यसर्थ पहिलो राष्ट्र राज्य बलियो, मजबुत र सबल बनाउन तिरै लाग्ने कि ?

कुनै पार्टीको सिद्धान्त मन नपर्नु, पार्टी परित्याग गर्नु, पार्टी बदल्नु, कसैको सदस्यता लिनु वा नलिनु यी व्क्तिगत स्वतन्त्रता हुन् । विगत र वर्तमानको पृष्ठभूमि र व्यवहार के हो र के गरिदैछ भन्ने पनि त्यतिकै महत्वपूर्ण हुन्छन् । पद र शक्तिको आडमा दल बदल र पदीय दायीत्व र मर्यादा विर्सेर राष्ट्र, राष्ट्रियता र जनताका हित विपरीत काम गर्ने वा गराउनेलाई कदाचित छुट हँुदैन, हुनु हुदैन कम्तीमा प्रजातन्त्र र लाकतन्त्रमा ।