– रामशरण पाण्डे
काठमाण्डौं – ३० बर्षे पंचायती व्यबस्थाको बारेमा याँहा टिप्पणी गरियन किन कि विभिन्न बिषयको बिबेचना गर्नु पर्दछ त्यसैले याँहा लामो हुने र त्यति समय संदार्भिक पनि देखिदैन। हामि कुरा गर्दै छौ प्रजातन्त्र र बहुदलीय ब्यबस्थाको उपलब्धि र नेतृत्वको काम तथा कर्तब्य पुरागरेको बारेमा।
२०४६ सालमा राजालाई गालि नगरी पनि बहुदल आउथ्यो होला। सायद नेतृत्व इमान्दार भयको भय। २००७ देखि १७ सम्म कांग्रेसको गतिबिधि भोग्ने अझै केहि जिउदै छन्। अथावा भनौ तत्कालिन कांग्रेसको नेतृत्व बिदेशीको एजेन्ट नबनेको भय प्रजातन्त्र र बहुदलीय ब्यबस्थानै सफल हुन्थ्यो होला । नेपाल धनि बन्थ्यो होला नेपालको साक्षरत बढ्थ्यो होला। नेपालले जोगाइरहेको स्वतन्त्रताको शिर अझ उचो हुन्थ्यो होला भिभिन्न उधोग खुल्थे होला तर त्यो १० बर्ष त्यसै बिदेशीको चाकडीमै समाप्त भयो । नेपाल उन्नतिको बाटोमा जान्थ्यो होला त्यो त् ईतिहासको अध्ययनमा खासै भेटिदैन ।
स्मारण रहोस २०१७ पछि ३० बर्षे राजाको प्रतक्ष शासन सकियर नेपालको ब्यबस्था परिबर्तन भाइ बर्तमान नेतृत्वहरुले शासन गर्न थालेको आज ३३ बर्ष पुरा हुँदै छ। हेक्का रहोस बर्तमान नेतृत्वले सारै गालि गरेका राजा महेन्द्रले जम्मा १० बर्ष चानचुन मात्र शासन गरेको थिय। र पनि नेपाललाई मझ्बुत राष्ट्रको जगहाल्न सफल भय। बर्तमान नेतृत्वको ३३ बर्ष पुरा हुँदा नेपाल किन दयनिय अबस्थामा पुग्यो ? किन ऋण माथि ऋण थोपरिदै छ यसको दोष कसलाई दिने ? २०४६ पछि यिनै दल यिनै नेतृत्व पटकपटक सत्तामा पुगेका छन्। अहिले सतहमा देखियका सबै नेतृत्व सत्तामा पुगेको तर कुनै नेतृत्वले त्याग गरेको देखिदैन। देश हितमा काम गरेको देखिदैन। यिनले कुनै न कुनै रुपमा बिदेशीको हितमा काम गरेको मात्र देखिन्छ। बिदेशी एजेन्टको भूमिका भने निर्बाहा गरेका छन्।
यो यिनै नेतृत्व हुन् जसले प्रजातन्त्र -लोक तन्त्र सामाजवाद के के हो भन्दै नेपालमा स्वस्थ र शिक्षालाइ ब्यापार गर्ने थलो बनाउन सफल रहे। आफ्नो कार्यकर्ताहरुलाई दलाल र माफिया बनाउन भने पक्कै सफल बने। समाजमा धनि र गरिबको खाडल निर्माण गरे शिक्षा र स्वास्थमा पुरै विभेद गर्न सफल बने । बर्ग अनुसार स्कुल कलेज र अस्पताल स्थापना भयो अनि यिनै दलहरुले चुनावको घोषणा पत्रनामक कथा लेखिदै छ समाजवादमा पुग्ने। कस्तो समाजवाद हो र त्यस समाजवादले कसको हित गर्छ ? कसरि गर्छ कतै खुलाइयको देखिदैन फेरी पनि समाजवाद भन्छन ।
नेपाली कांग्रेस देशमा सबै भन्दा बढी सत्ता संचालन गर्ने दल त्यस पछि एमाले। देशको यो हालत हुँदा जिम्मेवारी कसले लिने ?
माओ वादी २०६३ पछि पटक पटक सत्तामा पुगेकै हो अझ २०६४ पछि आज सम्म सत्ताको साँचो लियर बसेकै छ भयो के ? राप्रपा -मधेशवादी दलहरु पनि पटक पटक सत्तामा पुगी सत्ताको स्वाद चाखेको छन् त् बाँकि के रह्यो ?
"यिनै दलहरुले चुनावको घोषणा पत्रमा लाज नमानी समाजवादमा पुग्ने कथा लेख्दै छन् ।" "अनि एकाथरी कार्यकर्ताहरु तालि बजाउछन जनताले पत्याइदिन पर्ने ? त्यस्तो नि हुन्छ ?"
निरंकुस भनियको पंचायती ब्यबस्थामा जनताहरुको उपचार सरकारी अस्पतालमा हुन्थ्यो। आम नेपालीको अध्ययन सरकारी स्कुलमा हुन्थ्यो। राजा माहाराजको र उनको सन्तानको पनि त्यहि सरकारी स्कुलमा शिक्षा दिक्षा लिन्थे। त्यहि जनताहरुले उपचार गर्ने अस्पतालमा राजा-महाराजाको उपचार हुन्थ्यो। आज के भैराको छ ? समाजवाद भनेको यस्तै हुन्छ ? यो ब्यबस्था र यसका संचालकहरुले देशको उद्योग धन्दा संहार गरेका छन्। टनका टन सुन काण्ड यिनैले घटायको छन्। बायु सेवामा घोटाला यिनैले गरेका छन्। सामान्या नेपालीलाई बैकले ऋण पत्याउदैन देश डुवाउने माडवारिलाइ ऋण दिंदै कमिसन यिनैले खायका छन् । खोला नाला बन जंगल यिनैले दोहन गर्छन। बिकासको नाममा देशको बजेट यिनैले बुझछन। नेताहरु देश लुटेरै धनि छन् उपचार खर्च सरकारले व्यहोर्छ। विभिन्न नाममा अनुदान यिनैले खायका छन् रातोकाठको ब्यापार यिनैले गरेका छन्। यिनले के नै गर्न बांखी राखेका छन् ? अनि चुनावको बेला मसिना चिप्ला कहानी कति सुन्ने ?
मिठा सपनाको देश सामाजवाद संघियता जस्ता नाराले पटक पटक झुकायाका छन् ठगेका छन् त् मङ्सिर ४ को चुनावमा आम जनता किन सहभागी बन्ने भोट हालेर जनताले के पाउछन ? के चुनाव पछि श्रम बेच्न नेपालमै पाइन्छ ? उच शिक्षा नेपालमै पाइन्छ ? आम नेपालीहरुले स्वस्थ सेवा सहज नेपालमै पाउछन ? संघियताको नाममा जनतालाई ठग्न छोडछन् विभिन्न सेवा र भत्ता लिन छोडछन् ? यिनीहरुको जिबनको ३३ बर्ष देखि लागेको लुट्ने बानि चुनाव पछि हट्छ त् ? हट्दैन झन् भ्रष्ट्रचार बढ्छ किनकी चुनावमा धीरे खर्च गरेका छन्।
अनि यिनै दलहरुले चुनावी घोषणा पत्रमा देश बनाउने रोजगारी दिने समृद्धि दिने जस्ता कथा सुनाउने अनि हामीले पत्याइ दिनु पर्ने ? सत्ताको हड्डी खान पायका यिनका पिछुवा लुटेरा कार्यकर्ताहरुले तालि पटकाउदा हामीले पत्याइदिन पर्ने सगै तालि पिट्न पर्ने ?
अब आम जनता सचेत हुने पर्छ गाउँ गाउँमा भोट मंग्न आउदा ३३ बर्ष के गरेउ र अब ५ बर्षमा के गरछौ प्रश्न गर्नु पर्छ। त्यति मात्र होइन अस्ति सम्पन्न स्थानीय चुनावपछि धेरै ठाँउमा यिनैका कार्यकर्ताहरु राज गर्दै छन् के त्याँहा भ्रष्टचार गरेका छैनन् ? त्यसैले सकिन्छ भने यस्ता भ्रष्ट हरुलाई कमिसन खोरलाई गाउमा छिर्न दिनुहुन्न सकिदैन भने पनि आफु भ्रष्टचार उत्पादन गर्ने कार्यमा सहभागी नबनौ। बिस्तारै यो व्यबस्थाको बिरुद्ध जनमत निर्माणमा जुटौ ।
१. बर्तमान नेतृत्वले बहुदलीय व्यबस्था लागु गरे पश्चात यो ३३ बर्षमा देश बिकास कति गरे त् ?
२ . यस व्यबस्था उन्नत थियो भने यसै ब्यबस्थामा शिक्षित युवायुवतीहरुले देशमै रोजगारी किन पाएनन ?
३ . यस व्यबस्था राम्रो थियो त् यसै ब्यबस्थामा हरेक ठाउमा भ्रष्टचार किन बढ्यो त् ?
४ . यो व्यबस्था राम्रो थियो भने यसै ब्यबस्थामा सार्बजनिक सम्पति व्यक्तिको नाममा किन बनाइयो ?
५ . यो व्यबस्था राम्रो थियो भने यसै ब्यबस्थामा खोला नाला बन जंगल नेताकर्यकर्ताहरुको निजि स्वर्थ पूर्ति गर्ने माध्याम किन बन्यो ?
६ . यो व्यबस्था राम्रा थिय भने यसै ब्यबस्थामा सरकारी उद्योग धन्दाहरु प्राय किन बन्द गरीय ?
७ . यो व्यबस्था राम्रो थियो त् नेपाल एयर लाइन्स किन घाटामा गयो ? चलि रहेको बिजुली बस किन बन्द भयो ?
८. यो व्यबस्था राम्रो थियो त् आम नेपालीहरु शिक्षा र स्वस्थ सेवाका लागि किन बिदेशिन पर्यो। बार्षिक खरबौ पैसा बाहिरिन किन बन्द भयन ?
९. यो व्यबस्था र नेतृत्व राम्रा र इमान्दार थिय त् सडक नै नभयको ठाँउमा पुल किन हालियो ?
१० . यो व्यबस्था र यिनै नेतृत्व राम्रा थिय भने काठमाडौंको सुगम स्थानको सडकमा बर्षको ३ पटक पिच गरिन्छ ३ महिना पनि टिक्दैन किन ?
११. यो व्यबस्था र नेतृत्व ठिक थिय भने अस्पताल र बिद्यालय निर्माणगर्नु पर्नेमा पाहाडको टुप्पामा किन भ्यु टावर निर्माण हुन्छ ?
१२ . यो व्यबस्था र नेतृत्व ठिक थिय भने किशानले समयमा मल किन पाउदैनन ?
१३ . यो व्यबस्था र यिनै नेतृत्व राम्रो हो भने बिकाश निर्माणको काम समयमा किन पुरा हुन्दैन लापर्वाई गर्ने ठेकदारलाई किन कारवाई हुन्दैन ?
१४. यो व्यबस्था राम्रो थियो नेतृत्व इमान्दार थिय भने सरकारी स्कुलमा राम्रो पढाइ किन हुँदैन ?
यी र यस्तै सयौ प्रश्न छन् उत्तर यो व्यबस्था र यो नेतृत्व संग छैन। त्यसो हो भने यसै व्यबस्था अन्तर्गत यिनै नेतृत्व निर्वाचित हुने आगामी मसिर ४ को चुनावमा सहभागी हुनुको कुनै कारण छैन। त्यसैले सबै नेतृवहरुलाई प्रश्न उठाउकि तपाइहरुले गर्न खोजेको के ? तपाइहरुको सम्पतिको स्रोत के ? तपाइलाइ कति पैसा चाहिने ? त्यस कारण यहि ब्यबस्था अनि यहि नेतृत्वले गर्ने चुनाव यहि नेतृत्व निर्वाचित हुने हो त्यसैले यो व्यबस्थाको बिरुद्ध जनमत निर्माण गरौ
भ्रष्ट लुटेरा र काला बजारी तथा माफिँया उत्पादन गर्ने व्यवस्थाले निर्वाचित गर्ने भनेको माफिँया काला बजारी भ्रष्टचारी नै हो । त्यसैले खराब व्यक्तिहरु निर्वाचित गर्ने मंशिर ४ को चुनावलाई वहिष्कार गरौं ।

0 comment