– रंजिला दाहाल
काठमाण्डौं – बुद्धको जन्म दृश्यसहितको प्राचीन मायादेवी मूर्ति, जन्मस्मारक शिला, मायादेवीले बुद्धलाई जन्म दिँदा सहाराको लागि दाहिने हातले समातेको रुखको हाँगा आकृति, त्यस आकृतिको देब्रेपट्टि छेउमा उनकी बहिनी प्रजापति गौतमी उभिई रहेको दृश्य, दुई देवगणहरू भगवानलाई लिनका लागि तयारीको अवस्थामा बसेको आकृति र नवजात बुद्धको मूर्ति, तिलौराकोट नै नेपालमा बुद्ध जन्मिएको सांकेतिक अकाट्य प्रमाण हो । सम्राट अशोकले राखेको ढुङ्गाका स्तम्भहरू निग्लिहवा र गोटीहवामा हुनु तथा त्रिपिटकमा उल्लेख भएको भगवान बुद्ध जन्मिएपछि उनलाई नुहाएको पोखरी पुष्करिणी र अशोक स्तम्भमा भगवान बुद्धको जन्मस्थल र लुम्बिनीको सम्बन्धमा भएको शिलालेख नै सबैभन्दा महत्वपूर्ण आधिकारिक तथा ऐतिहासिक अभिलेख र प्रमाण हो ।
सम्राट अशोकको लुम्विनी भ्रमण
नेपालका किराँतहरूकी छोरी ‘मुरा’का सन्तान प्रसिद्ध मौर्य शम्राट अशोकले आफ्नो आध्यात्मिक गुरु उपगुप्तको मार्ग दर्शनमा इ.पु.२४९ तीर लुम्बिनीको यात्रा गर्दा ‘हिंद बुधे जाते शाक्यमुनीति’ (यहाँ शाक्यमुनि बुद्ध जन्मनु भएको थियो) भन्ने शिलालेखसहितको ढुङ्गाको स्तम्भ खडा गर्न लगाए, जसलाई आजसम्मपनि ‘अशोक स्तम्भ’ भनेर चिन्ने गरिएको छ्र त्यतिखेर सम्राट अशोकले सिद्धार्थ गौतम जन्मनुभएको स्थिति बताउने फोटोरुपी स्मारकशिला र जन्मेपछि उहाँलाई शुद्धिकरणका लागि नुहाइएको पवित्र पोखरीको पूजा गरे ्र उनले कपिलवस्तु, रामग्राम, देवदहको भ्रमण गरे ।
चिनीया“ यात्रीहरूको भ्रमण
सम्राट अशोकपछि लुम्बिनीको भ्रमण गर्नेहरूमा चिनियाँ यात्रीहरू फाह्याँन , ह्वेनसांग, इत्सिंग थिए । यिनीहरूले चौथो शताब्दी, पाँचौ शताब्दी र सातौं शताब्दीमा लुम्बिनीको भ्रमण गरेका थिए । ह्वेनसांगको यात्रा विवरणले लुम्बिनीको बारेमा वर्णन गर्दै लुम्बिनीमा जन्मबृक्षको ठूटो, एउटा चैत्य, अशोक स्तम्भ, पवित्र पोखरी, तेलार, रोहिणी नदी, चिसो र तातो पानीका मुहानहरू भएको कुवा देखेको उल्लेख गरेको छ । बुद्ध धर्म नेपालबाटै विश्वमा फैलाउनेमा चीनका फाह्याँन ,ह्वेनसांग ,इत्सिंग र तिनका बौद्ध भिक्षु साथीहरू ‘हुई–चिंग’, ‘ताओंचेंग’, ‘हुई–मिंग’, ‘हुईवेई’ जस्ता साथीहरूले सन ३९९ ई.मा पैदल यात्रीको रुपमा नेपाल भारत घुमे । उनीहरूको नेपाल यात्राको मूख्य उद्देश्य नेपालमा रहेको बौद्ध हस्तलिपि तथा स्मृति ग्रन्थहरूको खोजी गरी प्रकाशित र प्रसारितगर्नु रहेको थियो । त्यतिबेला फाह्याँनले नेपालको कपिलवस्तु सहित भारत, श्रीलंकाको भ्रमण गर्दा त्यही ठाउँलाईमात्र प्राथमिकता दिए जुन ठाउँ बुद्ध संग सम्बन्धित रहेको थियो । उनले काठमान्डू, कपिलवस्तु, उद्यान, गांधार, तक्षशिला, उच्छ, मथुरा, काशी (सारनाथ), गयाको यात्रा गर्दा तक्षशीला विश्वविद्यालयामा अध्ययन गर्न पाएका र श्रीलंकाको सिंहल पुगी २ बर्ष बसेको वर्णन भेटिन्छ । त्यसपछि उनी यवद्वीप (जावा) हुँदै ईश्वी संवत ४१२ मा शांतुंग प्रायद्वीपको चिंगचाऊ पुगी आफूले संकलन गरेका बौद्ध धर्म ग्रन्थहरूको अनुवाद गरेका थिए । उनले संकलन गरेका बुद्धको परिनिर्वाणसूत्र र महासंगिका विनय पिटक ज्यादै महत्वपूर्ण मानिन्छ ्र ह्वेनसांग पनि बुद्धदर्शन र बौद्धवाङ्मय अध्ययन तथा ग्रन्थसंग्रह गर्ने चाहनाले कÞरीब १० वर्ष सम्म यता बसे । उनले यात्रा गरेको लगभग १३८ देशको यात्रा विवरण रहेको छ– ‘हूली’, ह्वेनसांगका मित्र थिए, जसले ह्वेनसांगको जीवनी लेखेका थिए । उनलाई ‘प्रिंस अफÞ पिलग्रिम्स’ अर्थात् ‘तीर्थ यात्री मध्येका राजकुमार’ नै भनिन्थ्यो । इत्सिंग चिनियाँ यात्री र बौद्ध भिक्षु थियो । जो ६७५ ई. को आसपासमा सुमात्रा हुँदै समुद्र मार्गबाट यता आएर ‘नालन्दा’ एवं ‘विक्रमशिला विश्वविद्यालय’ विषयमा धेरै कुरा लेखेको थियो । इत्सिंग १० वर्षसम्म ‘नालन्दा विश्वविद्यालय’सम्म रहेका थिए । ६९१ ई. मा इत्सिंगले बौद्ध धर्मको विवरण’ लेखेका थिए । यो ग्रन्थ बौद्ध धर्म र ‘संस्कृत साहित्य’ को इतिहासको अमूल्य स्रोत मानिएको छ ।
खशराजा रिपु मल्लको भ्रमण
गौतम बुद्धको जन्मस्थल लुम्बिनी र गृहनगर कपिलवस्तु क्षेत्र खश साम्राज्यअन्तर्गत पथ्र्यो । खस राजा रिपु मल्ल सन् १३१२ मा लुम्बिनी पुगेका थिए । उनले अशोक स्तम्भको माथिल्लो भागमा बौद्ध मन्त्र ‘ॐ मणि पद्मे हुँ’ सहित आफ्नो र जेठो छोरा राजकुमार संग्राम मल्लको नाम कुँदाएर लुम्बिनी भ्रमणको अभिलेखन गराउँदा अशोक स्तम्भमा “ॐ मणि पदम हुम् रिपु मल्ल चिर जयतु” भनी लेखेका छन् ।
जनरल खड्ग शम्शेर र अंग्रेज भारतका जर्मन पुरातात्विक सर्भेयर एलोइस फुहररको उत्खनन पछि सन् १८९६ मा पाल्पाली गभर्नर जनरल खड्ग शम्शेर र अंग्रेज भारतका जर्मन पुरातात्विक सर्भेयर एलोइस फुहररले अशोक स्तम्भ पुनः पत्ता लगाए ्र सन् १८९९ मा पि.सि. मुखर्जीले भगवान बुद्धको जन्मस्थलमा उत्खनन् गरी मायादेवीको मूर्ति पहिचान गरे ्र फेरि सन् १९३० (बिक्रम१९८७) को दशकमा केशरशम्शेर राणाले मायादेवी मन्दिर परिसरमा उत्खनन् गरे ।
श्रीमती देवला मित्राको अन्वेषण
भारतीय पुरातत्वविद् श्रीमती देवला मित्राले सन् १९६२ मा अन्वेषणको कार्य गर्दा योगीको भेषमा राजकुमार सिद्धार्थले भिक्षाटन गरिरहेका बेला राजा बिम्बिसरले गौतम बुद्धको परिचय मागेको र राजाको प्रश्नको उत्तरमा गौतम बुद्धले दिएको जवाफ अनुसार तिलौराकोटनै प्राचीन कपिलवस्तुको राजधानी भएको प्रमाणित गरिएको थियो । तिलौराकोट तत्कालीन नदी (बाँणगंगा) को किनारामा छ,त्यहाँबाट हिमाल देखिन्छ ,महाभारत श्रृंखलाका काखमा छ भन्नेकुरा त्यसैबेला प्रमाणित गरिएको थियो । त्यो ठाउँ सालको जंगलको बिचमा पनि पर्दथ्यो क्वै दिन तिलौराकोटको दक्षिणमा करिब चार किलो मिटरको दूरीमा क्रुकुच्छन्द बुद्धको जन्मस्थल गोटिहवा, त्यहाँ अशोकस्तम्भ पनि पत्ता लाइएको थियो । त्यस्तै तिलौराकोटको पूर्वोत्तर दिशा, झन्डै चार किलो मिटरको दूरीमा कनकमूनि बुद्धको जन्मस्थल नगर निग्लिहवा पत्तालाईएको थियो । जहाँ शम्राट अशोकले स्तम्भ थड्याएका थिए । गौतम बुद्धले २९ बर्षसम्म राजकुमारका रुपमा जीवन व्यतीत गरेको ठाउँ चिन्न कनकमुनि र क्रकुच्छन्द बुद्धको ठाउँ हुनुपथ्र्यो । त्यो कुरो सम्राट अशोक स्तम्भले अकाट्य प्रमाणका रुपमा दर्शायो । आजको दिनमा पनि तिलौराकोटमा राजमहलको भग्नावशेष छँदैछ । तिलौराकोटको स्मारकले त्यो ठाउँ प्राचिन कपिलवस्तुको राजधानी हो भन्नलाई पुग्ने सवै प्रमाण जुटाईदिएको छ । यसवाहेक तिलौराकोटको उत्तरतिरको सगरहवामा कौशल नरेश प्रशेनजितका छोरा बिडुढकले ७० हजार जति शाक्यको बध गरेको थिए भन्ने कुरा पुष्टि गरिदिएको छ । त्यहाँ शाक्यहरूको स्मृतिमा निर्मित स्मारकहरूका भग्नावशेष भएको कुरा संसारका सबै पुरातत्वविद्ले स्वीकार गरेका छन् । त्यै तिलौराकोट दरवारको उत्तरतिर ५०० मिटरको दूरीमा दुईवटा स्तूप छन्, जसलाई राजा शुद्धोधन र रानी मायादेवीको स्मरणमा अशोकले बनाएका थिए । तिलौराकोट दरवारको पूर्वीद्धारालाई महाभिनिस्वरुमण द्धार भन्ने गरिएको थियो । त्यसको करिब ३०० मि. पूर्वमा एउटा स्तूप रहेको र सिद्धार्थ राजकुमारलाई छोडेर फर्केको घोडा र रथ दरवारभित्र प्रवेश नगरी बाहिरै बसेर आफ्नो प्राण त्यागेको कन्थक र छन्दकको स्मृतिमा सम्राट अशोकले बनाएको स्तूपले पनि तिलौकोट नै प्राचीन कपिलवस्तुको राजधानी भएको पुष्टि गरिदिएको छ । तिलौराकोटको उत्तरतिरको डेरवा गाँउमा बुद्धले बृद्ध अशक्त र मूर्दा देखेका थिए भन्ने कुरा बुद्ध ग्रन्थहरूले बोलेको छ ।
नेपालको प्रमाण र महत्व
यसप्रकार बुद्ध नेपालका हुन भन्ने प्रमाण यो विश्वमा नेपालसँग मात्र रहेको छ, अरु कसैसँग छैन । यसवाहेक नेपालसँग ऐतिहासिककालदेखि आजसम्मको पाली, नेपाली र नेवारीमा लेखिएका मौलिक बौद्ध साहित्यहरू उपलब्ध छन् । बेलायती राजदूत ब्रायन हडज्सन, एभी स्मिथ, एफ एम मुलर, फुहरर, बुहलर, एल ए वाडेल वा सिल्भाँ लेभीलगायतले नेपालको बुद्ध परम्परा, हिन्दू वा बुद्धको मिश्रित स्वरुपको वर्णन गरिदिँदा नेपालका बुद्ध विश्वप्रसिद्ध हुन पुगेका थिए । त्यही कुरो देखेर एट्किन्सन र सिल्भाँ लेभीले बुद्ध परम्पराको सामाजिक र सांस्कृतिक पक्षबारे थुप्रै कुरो लेखे । सिल्भाँ लेभीको “द हिस्ट्री अफ द हिन्दु किंग्डम” र पण्डित डा. भगवानलाल इन्द्रजीका लेखोटहरू बुद्धको नेपाल खोज्नेलाई राम्रो खुराक हो । हामी तिघ्रे नेपालीहरूले आफ्नो तिघ्रा ठटाएर बुद्ध नेपालमा जन्मिएका हुन भन्दैमा, कुनै हालतमा नेपाल बुद्धमय हुन सक्दैन । कसैले नेपाललाई बुद्धको देश भनेर चिन्हाईं दिँदैन । सबैलाई आफ्नो देश समृद्ध बनाउन बुद्धजस्ता महामानव चाहिएको छ ्र त्यसैले बुद्धको टोपी नेपालीहरूले लाउन चाहेको हो भने नेपालीहरूले, नेपालको गणतान्त्रिक सरकारले, वहुदल सरकारले बुद्धलाई नेपालमा सम्मान दिन र यहाँको वातावरण बुद्धमय बनाउन सक्नु पर्छ ।
हामी मूर्ख नेपालीको कुरो, सुन्ने कोही छ ?
नेपाललाई बुद्धमय बनाएर यो विश्वमा उभ्याउनु बुद्धप्रतिको सच्चा सम्मान हो । गजो र ढ्याङ्ग्रो ठटाएर नेपाल बुद्धमय हुँदैन, उल्लुमय चाहिँ भइरहेको छ– ७५–८० हजार मान्छे टुँडिखेलमा उतारेर द्यगममजब धबक दयचल ष्ल ल्भउबूि भन्दैमा, गिनिज बुकमा लेख्दैमा बुद्धलाई दिनुपर्ने सम्मान पुग्दैन । बुद्धको नाउँमा बाटाघाटा, अस्पताल, विश्वविद्यालय, अनुसन्धान केन्द्र बनाई नेपालको पहाडी क्षेत्रमा स्थापना गरिएका पुराना गुम्बाहरूमा बाहुनले गएर साँझबत्ति बालिदिने, ती बाहुन पनि नभएका ठाउँमा गाउँका सम्पूर्ण नागरिक क्रिस्तान हुनपुगेको हुँदा आलु राख्ने गोदाम बनाईएकोतिर क–कसको ध्यान गएको छ ? नेपालमा गणतन्त्र बचाउन बुद्धधर्मीहरूको धर्मान्तरण गराएर ईशाइको प्रतिशत बढी पु¥याइयो, त्यसप्रतिको कसको चासो बढेको छ ? नेपाल बुद्धमय बनाउनु नेपालीहरूको कर्तब्य हो तर, नेपाल सरकारले स्तुप र गुम्बा अस्तित्व जोगाउन, बुद्ध दर्शन, धर्म, संस्कृतिसँग सम्बन्धित ललितकला, वास्तुकला, संगीत र संस्कारहरू जीवित राख्न के–के प्रयास गरेको छ ? नेपालबाट भईरहेको बुद्ध धर्मीको विनाशप्रति रोकथामको के के उपाय अपनाईएको छ ? बुद्धत्व र हिन्दूत्व नेपालबाट हराउँदै जाँदा टुलुटुलु हेरेर बस्ने ती ८०००० ले किन चासो देखाउन सकेनन ? यही अवस्था रहिरहे अबको १० बर्षमा नेपालमा बुद्ध धर्मको हालत हालको मुश्लिम देश अफगानिस्तानसरह हुनेछ, क्रिस्तानको हावाहुरीले नेपाल गलेर “बुद्ध नेपालमा जन्मिएका थिए” भन्ने अवस्थामा पुग्नु ईशाईमय नेपाल बनाउन बुद्ध मुलुक मासेर मुस्लिम अफगानिस्तानको रोडम्याप कोरिएको हो कि होइन ?

0 comment