- डा. शान्ता कार्की
नेपालको राष्ट्रिय जनावार गाई, फूल लालीगुराँस, रंग सिम्रीक, र चरा डाँफे भए पनि राष्ट्रिय फल भने घोषणा भएको छैन । विभिन्न देशका आ–आफ्नो राष्ट्रिय पहिचान दिने राष्ट्रिय फलहरू छन, जस्तैस्क्यामबोडियाको केरा, जापानको हलुवाबेद, जर्मनिको स्याउ, बाङ्लादेशको कटहर, भारत र फिलिपिन्सको आँप, मलेशियाको डुरियान, इत्यादि ।
भौगोलिक तथा जैवीक विविधताको कारण नेपालमा आँप, कटहर जस्ता उष्ण प्रदेशीय (ट्रपिक) : सुन्तला, बेलौती जस्ता उपोष्ण प्रदेशीय (सब–ट्रपिकल) फलहरू देखि स्याउ, खुर्सानी जस्ता शितोष्ण प्रदेशीय (टेमप्रेट) सम्मका फलहरु पाईएता पनि आजसम्म कुनै फललाई राष्ट्रिय फलको मान्यता दिइएको छैन । यस सन्दर्भमा सुन्तलालाई नेपालको राष्ट्रिय फलको पहिचान दिन सहयोगी केही तथ्य र तर्कहरू यहाँ प्रस्तुत गरिएको छ।
सुन्तला, जसलाई अंग्रेजीमा मेन्डारीन ओरेन्ज भनिन्छ, को वानस्पतिक नाम सिट्रस रेटिकुलेटा हो । नेपालमा परापूर्वकाल देखि नै खेति गरिएको र उपभोगमा ल्याइएको, देशको भूगोल र हावापानी अनुसार विकसित भएको, ऐतिहासिक, साँस्कृतिक, धार्मिक, पौष्टिक, औषधीय, औधोगिक, पर्यावरणीय जस्ता अनेकौ महत्व भएको सुन्तलाका धेरै प्रजातिको उत्पति र विविधिकरण नेपालमा भएको पाइन्छ । नेपालमा सुन्तला खेतिलाई सुहाउँंदो हावापानी भएकोले गर्दा धेरै परिश्रम नगरिकनै पनि ऊच्च गुणस्तरको ९स्वादिलो, रसिलो, वासनादार० सुन्तला फल उत्पादन भैरहेको पाईएको छ ।
नेपालको दीर्घकालीन कृषि योजना वि. स. २०५२/०५३ – २०७१/०७२, सन् १९९५/ २०१५० को एक मुख्य लक्ष्य फलफूलको उत्पादन वृदिॄ गर्ने थियो र मध्यपहाडमा सुन्तलाजात फलफूललाई पहिलो प्राथमिकतामा राखेको थियो । कृषि बिकास रणनिती सन् २०१५– २०३५० ले वगवानी अनुसन्धानलाई प्राथमिकतामा राखेको छ । वि.स. २०७४/७५ देखि २०८३/८४ सम्म नेपाल सरकारले नेपालमा फलफूलदशक मनाइरहेको, प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजनाले सुन्तलाजात फलफूललाई उच्च प्राथमिकता दिएको, हाल सुन्तलाको राम्रो उत्पादन भइरहेको, कृषकहरू व्यावसायीक सुन्तला खेति तर्फ अग्रसर भइरहेको र भविष्यमा यसको उत्पादन साथै माग बढ्ने निश्चित भएको परिपेक्षमा सुन्तलालाईनेपालको राष्ट्रिय फल बनाउनु उपयुक्त हुनेछ । यसो गरेमा सुन्तला खेतीतर्फ किसानहरु तथा उद्धमीहरुको अभिरुचि बढ्ने छ र देशलाई सुन्तलामा आत्मनिर्भर बनाउँदै आयत प्रतिस्थापन र निर्यात प्रबध्र्दन गर्न सम्भव हुने छ ।
प्राय कृषकहरुले आफ्नो घरबारीमा वा आँगनको डिलमा सुन्तलाका दुई, चार बोट रोपेको पाइन्छ । हाल, नेपालको चालीस भन्दा बढी जिल्लाहरूमा सुन्तलाको व्यावसायिक खेतीबाट करोडौको आम्दानी भइरहेको छ । यसले कृषकहरूको आर्थिक अवस्थामा आमूल परिवर्तन ल्याएको छ । नेपालको रैथाने फलमध्ये सबैभन्दा बढी उत्पादन हुने फल सुन्तला हो । नेपालमा उत्पादित सुन्तला बोक्रा छोडाउन सहज र खाँदा अत्यान्तै रसिलो भएकाले ताजा फलको रूपमै सबै उत्पादन नेपाली बजारमै खपत भइरहेको छ । नेपालको गुणस्तरिय फललाई व्यावसायिकतातर्फ प्रवद्र्धन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा बढावा दिने योजनाहरू पनि शुरू भइसकेका छन । नेपाली सुन्तलाको सिमित उत्पादन, त्यही पनि छोटो समय मात्र उपलब्ध हुने हुँदा, बजारमा तीन–चार महिना मात्र पाइन्छ । विभिन्न उचाईमा अनुकूलजातहरु लगाएर, अगौटे, मध्याम र पछौटे जातहरु रोपेर फल टिप्ने समयको अवधि बढाएर र वैज्ञानिक भण्डारणको व्यवस्था मिलाएर बजारमा फल उपलब्धहुने समय तीन महिना देखि लम्बाएर छ देखि नौ महिना सम्म पुर्याउन सकिन्छ । सुन्तला खेती गर्न अन्य फलफूल र अन्न बाली भन्दा सहज छ र एक पटक लगाएपछि धेरै ९२०/५०० वर्ष सम्म निरन्तर उत्पादन लिन सकिन्छ ।
देशको खाद्य तथा पोषण सुरक्षामा सुन्तलाले महत्वपुर्ण भुमिका निभाएको छ । सुन्तलाको नियमित सेवनबाट धेरै रोगहरूको रोकथाम हुन्छ जस्तै क्यान्सर, मुटु रोग, हाइपरटेन्सन, जन्मदोषहरू, रतन्दो, छाला चाउरिने, मधुमेह मेलिटास, ओस्टियो पोरोसिस, मोटोपना, अल्जाइमरको रोग,ईत्यादि । सुन्तलाका फलमा प्रशस्त भिटामिन सि पाइनुका साथै अन्य भिटामिन, मिनरल रएन्टिअक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ । हिजोआजनेपालीहरूमा सन्तुलित भोजन र सुक्ष्म पौष्टिक तत्वको स्वस्थ्यमा हुने फाईदाको जागरणले सुन्तलालगायत अन्य फलफूलको माग दिनानुदिन बढ्दो छ ।
केही दशक अगि नेपालका नमुना सुन्तला बगैचाहरूमा सुन्तला ह्रास हुने रोगले धेरै बोट नष्ट गरेकोले कृषकहरूको सुन्तला प्रतिको आकर्षणघटेको तितो यथार्थ पनि हामीसँग छ । सुन्तलाको ह्रास समस्या ब्यवस्थापन गर्न बडवुड सर्टिफिकेसनप्रक्रिया सख्त पालना गर्ने, स्वास्थ बिरूबा उत्पादन गर्ने, रोग किराको प्रभावकारि नियन्त्रण गर्ने र उत्तम कृषि कर्म गुड एग्रिकल्चरल प्रयक्टिसेस, जी. ए. पी. को पालना गरी स्वस्थ्य र दिर्घायु बोट र बगैचाको व्यवस्थापनका प्राविधिहरु हाल उपलब्ध छन् । ह्रास समस्या हटाएर, उत्कृष्ट गुणस्तरको सुन्तला उत्पादन गरी विश्व बजारमा “नेपाली सुन्तला” भन्ने बिशेष पहिचान बनाउन सकिने चरणतर्फ हामी अघि बढ्दैछौं ।
देशमा बाँझो रहेको जग्गाको दीर्घकालीन सदुपयोग गर्न पनि सुन्तला खेती उपयुक्त देखिन्छ । यसले रोजगारीको सृजना गर्दछ । सुन्तला व्यवसायबाट देशका धेरै जनशक्तिले रोजगारी प्राप्त गर्न सक्छन्किनकि यसको खेतीदेखि फल टिपेपछि पनि विभिन्न पोष्ट हार्भेष्टका कृयाकलापपछि मात्र उपभोक्ता माझ पुग्ने हुनाले धेरै उद्योगहरूको श्रीजना गर्न सकिन्छ । सुन्तला फूलेको र पाकेको बेलामा सुन्तलाको बोटले मनोरम दृष्य प्रस्तुत गर्दछ जसले कृषक, दर्शक, र वरिपरिका सबैलाई आन्नद दिन्छ । यसैले सुन्तला खेती बागवानी पर्याटनको कोशेढुङ्गा बनेको छ । यसबाट फल तथा आर्थिक आम्दानी मात्र प्राप्त नभई वातावरण संरक्षणमा पनि उल्लेखनीय योगदान पुग्छ । जलवायु परिवर्तनले निमत्याउने नकारात्मक प्रभावलाई सुन्तला खेतीले न्यूनीकरण गर्न मद्दत गर्दछ ।
हाम्रा दर्जनौ लोकभाका तथा सदाबहार गीतहरूमा पनि सुन्तलाका विशेष गुणगानहरू पाईन्छन्। जस्तैः
खाँउ त भने सुन्तला पानी ।।।
सुनकै भाउ छ सुन्तला भारीको ।।।
।।। बिर्कोमा लाको चिनिमा कसरि पस्यो कमिलोः डाँडा वारिको सुन्तला गुलियो छ कि अमिलो ।।।
यसरी गीत संगितमा समेत आफ्नो विशिष्टता झल्काउन सकेको फलले अवश्य पनि राष्ट्रिय महत्व पाउनु पर्ने देखिन्छ ।
विशिष्ट सुक्ष्म हावापानीले गर्दा देशको अधिकांश भू–भागमा खेती गर्न सकिने, विश्वकै उत्कृष्ट गुणस्तरको फल उत्पादन गर्न सक्ने सम्भावना भएको र घरेलु तथा विश्व बजारमा समेत उच्च माग भएको सुन्तलालाई नेपालको “राष्ट्रिय फल” बनाउनको निम्ति सम्बन्धित पक्षहरू बीच छलफल गर्ने र कार्यान्वयनमा लैजाने उचित समय भएको छ ।

0 comment