काठमाडौ: प्रहरीद्दारा हवाइ फायर गरी लागुऔषध ब्राउनसुगर ३६ ग्राम ७३० मिलिग्राम सहित १ जना पक्राउ
गरेको छ ।पक्राउ पर्नेमा जिल्ला सुर्खेत चिङ्गाड गाँउपालिका वडा नं.०४ बस्ने बर्ष ४७ को ललित चन्द रहेका छ्न।
जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं.०८ स्थितमा लागूऔषधको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा यस कार्यालय र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयूक्त प्रहरी टोलीले पक्राउ गरेको हो।
प्रहरीले ललित चन्दलाई शंकास्पद अवस्थामा फेला पारी निजलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी टोलीलाई उल्टै हातपात तथा आक्रमण गरी ठुलो मात्राको लागुऔषध ब्राउनसुगर सहित भाग्न खोजेकोले लागुऔषध नियन्त्रण शाखा कार्यालय व्युरो सुर्खेतबाट खटिएको प्रहरी टोलीले बल प्रयोग स्वरुप १ राउण्ड हवाई फायर गरी निजलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले खानतलासी गरी निजको साथबाट शुद्द ३७ ग्राम ७३० मिलिग्राम लागूऔषध ब्राउनसुगर बरामद गरी निजलाई समेत नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई मुद्दा दर्ता गरी म्याद थप भई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुधिर राज शाहीले जानकारी दिनु भयो ।


0 comment