डा. केशव देवकोटा
काठमाण्डौं – नेपाल एक स्वतन्त्र मुलुक हो । यसका आफ्नै समस्या र संभावनाहरु रहेका छन् । दुई विशाल भूभाग र अर्थतन्त्र भएका चीन र भारतका बीचमा रहेर नेपालले आफ्नो स्वतन्त्र अस्थित्व जोगाउनुनै विश्वका लागि ठूलो उदाहारण भएको छ । हालै मात्र अमेरिकामा नेपालका प्रधानमन्त्रि केपी ओलीले नेपाल भारतभन्दा पुरानो र कहिल्यै पनि कसैको उपनिवेशमा नपरेको मुलुक भएको बताउनुहुँदा त्यहाँ उपस्थित विश्व नेताहरुलाई रोमाञ्चित बनाएको थियो । त्यसैले प्रधानमन्त्रि ओलीले आफ्ना भनाईको थपब्याख्या समेत गर्नुपरेको थियो । हुनपनि नेपाल विश्वको पुरानो र आफ्नै स्वाभिमानमा बाँचेको मुलुक हो । भारतमासमेत अंग्रेजहरुले आफ्नो उपनिवेश कायम गराउन सफलहुँदा पनि नेपालमा सकेका थिएनन् । उनीहरुले नेपालमा पनि उपनिवेश कायम गराउने प्रयास नगरेका भने होइनन् । त्यसका लागि उनीहरुले यहाँका शासकहरुलाई आफ्नो कठपुतली बनाउने अनेक प्रयास गरेका उदाहारणहरु रहेका छन् ।
तर नेपालका बिभिन्न शासकहरुले बरु आफ्नो कुर्सी छाडे, ज्यान गुमाए तर नेपाल र नेपालीलाई विदेशीको गुलाम बनाउने प्रस्तावलाई सवीकार गरेनन् । पटक पटक अंग्रेजको फौजसँग लडेर हराई दिए । नेपालमा राणा शासनको उदय र अन्त्य तथा राजतन्त्रको अन्त्यलाई हेर्ने हो भने ती सबै घटना राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डतासँग जोडिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत अगष्ट ३० देखि ३१ सम्म नेपालमा आयोजित बिम्ष्टेक (बे अफ बंगाल इनिशिएटिव फर मल्टी–सेक्टरल टेक्निकल एण्ड इकोनमिक को–अपरेशन) सम्मेलनमा भाग लिन नेपाल आउनु भएको थियो । जसमा नेपालले भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीलगायत कुनैपनि पाहुनाहरुलाई आतिथ्य सत्कारगर्न बाँकी राखेन । सबैलाई पनि त्यतिकै सम्मान र सत्कार गरेको थियो । मोदीले सो सम्मेलनमा बोल्नेक्रममा बिम्ष्टेक देशहरुको भारतको पूनामा आयोजना हुने संयुक्त सैन्य अभ्यासमा सहभागि हुन आमन्त्रण गर्नुभएको थियो । वास्तवमा त्यो बिम्ष्टेकको घोषित उद्देश्य अनुरुपको कुरा थिएन । जसको लक्ष नेपालको छिमेकी चीन र सहयोगी मुलुक पाकिस्तानलाई एक्ल्याउने र चुनौती दिने थियो । शुरुमा सो अभ्यासका लागि नेपालले आफ्ना केही सैनिकहरुलाई खटाए पनि संसदमा त्यसको बिरोध भएपछि फिर्ता बोलाएको थियो । अर्कातिर सेप्टेम्बर १७ देखि २८ सम्म चीनसहित १२ देशको सहभागिता भएको सैन्य अभ्यासमा भने नेपालले सहभागीता जनायो ।
त्यस बिषयलाई लिएर भारतीय मिडियाहरुले नेपालको राष्ट्रियता भारत बिरोधी भएको भनेर प्रचारगर्ने प्रयास गरे । भारतीय मिडिायाहरुको नेपाल बिरोधी प्रचार जहिले पनि हेपाहा खालको हुने गरेका कारण यो प्रचारले पनि नेपालमा खासै महत्व राखेन । यी घटना र परिघटनाले भारतीय संस्थापन पक्षले नेपालमा बिभिन्न कोणबाट प्रधानमान्त्रि ओलीलाई असफल गराउने प्रयास थालेको अनुभव गरियो । पछिल्लो समयमा प्रधानमन्त्रि ओली बिरुद्ध जेजस्ता प्रचारबाजीहरु भैरहेका छन् यो भारतीय असन्तुष्ठिको झिल्का होभनेमा फरक नपर्ला । नेपाली कांग्रेस, मधेशी दलहरु र नेकपाका भारतपरस्त नेताहरुले असन्तुष्ठि जनाउनुको बिरोधको खास कारण पनि त्यहीनै हो । भारतले बुझ्न पर्ने कुरा के थियो र छभने भारतीय सैनिकहरुसँग पनि यसअघि नेपालले सैनिक अभ्यास गरेको थियो । भारतले मात्र छुट्टै सैनिक अभ्यासको आयोजना गरेको खण्डमा नेपाललै फेरी पनि सहभागिता जनाउन सक्दछ । नेपालले बिम्ष्टेकलाई सैनिक अखडा बनाउने र भारतको पक्षमा लागेर चीन तथा पाकिस्तानलाई चुनौती दिने कुराकोमात्र बिरोध गरेको हो । नेपाल एक स्वतन्त्र मुलुक भएका कारण उसको ब्यवहार असंलग्नताको सिद्धान्तमा आधारित हुन्छ । भारतको चीन र पाकिस्तानसँग आफ्नै सम्बन्ध र प्रतिश्पर्धा होला, नेपालले पनि भारतले जे ग¥यो त्यही गर्नुपर्छ भन्ने छैन । किनकी नेपाल भारतको कुनै जिल्ला, शाखा वा प्रान्त होइन । विश्व राजनीतिक रंगमञ्चमा समान हैसियत राख्ने मुलुक हो । कसैले कुनै बेला भारतलाई नेपालको ठूल्दाई ठाने होलान, कसैले भित्रभित्रै भारतसँग नेपालको परराष्ट्र नीति मिलाउने, यहाँको प्राकृतिक श्रोत र गृह मामिलाको जिम्मा भारतलाई दिने कुरा स्वीकार गरे होलान । भारतले नेपालका कुनै नेताहरुलाई आफ्नो गुप्तचर बनाउन ठूलो धानराषि खर्च गरेको होला, तर ती सबै मिथ्या कुराहरु हुन् ।
भारतले यी र यस्ता कार्यमा जे जति खर्च गरेको छ, त्यो उसको ब्यर्थको खर्च हो । भारतले स्पष्टरुपमा के बुझ्नु पर्दछभने नेपाल अलग्गै मुलुक हो र उसले अन्य मुलुक सरह योसँग ब्यबहार गर्नु पर्दछ । भारतले नेपालमा हस्तक्षेपगर्ने चाहनानै सधैका लागि त्याग्नुमा उसको समेत कल्याण छ । नेपाल सानो भूबनोट र आर्थिक हिसावले भारतभन्दा कमजोर रहेपछि यो रणनीतिक हिसावले डाइनामाजस्तो अवस्थामा रहेको छ । भारतले नेपाललाई दुख दिएर र केही हेक्टर जमिन मिचेर आफ्नो मुलुकमा मिलाउन सक्दैन । बरु नेपालका कारण भारत विश्व राजनीतिक रंगमञ्चमा सधै विवादमा परिरहने छ । नेपाली भूभागको एक टुक्रा बाँकी रहेसम्म भारतीय अत्याचारको सधै सशक्त बिरोध हुने छ । चीनसँगको सैन्य अभ्यासमा सहभागीता जनाउने नेपालको निर्णयले भारतलाई असर गर्नुपर्ने कुनैपनि कारण थिएन र छैन पनि । नेपाली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल गोकुल भण्डारीले टाइम्स अफ इण्डियासँगको वार्तामा चीनसँगको सो सैन्य अभ्यासको लक्ष्य आतंकवाद विरोधी अभियानहरुमा दक्षता हासिलगर्ने रहेको बताइसक्नु भएको छ । नेपालमा भारत केन्द्रित आतंकवाद बढेका कारण नेपालले चीनसँग सैन्य अभ्यासगर्दा भारतलाई टाउको दुखेको होभने त्यो अर्कै कुरा हो । होइनभने भारतले त्रिदेशीय एकतामा जोडदिनुको अर्को बिकल्प छैन । नेपाल र उत्तरीे छिमेकीबीच सैन्य गतिविधि बढिरहेको छैन, केवल सामान्य सहयोगको आदान–प्रदान मात्र भएको हो, जसरी भारतसँग आदान–प्रदान गरिएको छ । बिम्ष्टेक सैन्य अभ्यासबाट नेपाल अचानक अलग हुनु स्वाभाबिक कुरा हो । त्यसलाई भारतीय सुरक्षा अधिकारीहरुले गलत ढंगले ब्याख्यागर्ने प्रयासगर्नु हुँदैन । भारतका पूर्वविदेश सचिव कम्वल सिब्बलले नेपालले भारतलाई अनावश्यक रुपमा चिढ्याएको भनी गरेको टिप्पणी आफैमा गलत र पूर्वाग्रहपूर्ण छ । प्रधानमन्त्री ओलीले अमेरिका भ्रमणमा जानु अघिनै काठमाडौंमा भारतीय राजदूत मञ्जिभसिंह पुरीसँग सो विषयमा कुराकानी पनि गर्नुभएको थियो । सो छलफलमा प्रम ओलीले बिम्ष्टेकको सैन्य अभ्यासमा सहभागी नहुनुका कारणबारे नेपालको धारणा स्पष्ट गरिसक्नु भएको छ । भारतले बुझ्नुपर्ने कुरा के पनि छभने नेपालको ओली सरकार दुईतिहाई बहुमत भएको बलियो सरकार हो ।
यसलाई दबाबमा पारेर आफ्नो अभिष्ट पूरा गराउन सकिन्छ भनेर कोही कसैले ठानेको छभने त्यो उसको गंभिर कमजोरी हुनजान्छ । हो, पछिल्लो समयमा नेपाल र चीनका बीचमा केही नयाँ र दीर्घकालीन महत्व राख्ने सहमति र संझौताहरु भएका छन् । चीनले आफ्ना बिभिन्न बन्दरगाहहरु नेपाललाई प्रयोगगर्न दिने संझौतागर्नु महत्वको कुरा हो । नेपाल एक भू–परिवेष्ठित देश भएकाले यसले चारैतिरबाट समुन्द्रसम्मको पहुँच खोज्नु स्वाभाबिक हो । सन् २०१५ मा भारतकातर्फबाट नेपालमाथि लगाइएको अघोषित नाकाबन्दीले पनि नेपाललाई नयाँ मार्गको खोजीगर्न बाध्य पारेको थियो । जहिले पनि राजनीतिक दवाव सिर्जनागर्न नेपालमाथि नाकाबन्दी लगाउने भारतीय नीति अमानवीय भएको कुरामा दुईमतगर्ने ठाउँ छैन । भारत नेपालको नयाँ संविधानसँग सन्तुष्ट भएको बताउने गरिन्छ । वास्तवमा त्यो कुरा पनि अर्थहीन रहेको छ । भारतको संस्थापन पक्षले नेपालको संविधानले भारतसँग जोडिएको नेपालको तराईमा बसोबासगर्ने मधेशी समुदायलाई भेदभाव गरेको मिथ्या आरोप लगाएर उनीहरुलाई भड्काउने जुन प्रयास गरेको छ त्यो पनि नेपाल भारत सम्बन्धका सन्दर्भमा गंभिर आपतिजनक कुरा हो । नेपालमा बसोवासगर्ने सबै नेपाली हुन् । उनीहरुलाई कस्तो अधिकार दिने र कस्तो ब्यबहारगर्ने भन्ने कुरा नेपालको आन्तरिक मामिला हो । नेपालमा कुनै समयमा आएर बसेका भारतीयलाई भारतले अहिले पनि आफ्नै जनता ठान्नु र उनीहरुमाथि शासनगर्ने अभिष्ठ राख्नु आफैमा गलत कुरा हो ।
यसरी भारतले नेपालसँग एक स्वतन्त्र र सार्बभौमिता सम्पन्न मुलककारुपमा अशल ब्यबहार नगरेका कारण बिभिन्न समस्याहरु आएका हुन् । भारत आफैले नेपाल र नेपालीलाई बिच्क्याउने काम गरेको छ । उ नेपाललाई अनावश्यकरुपले आफ्नो प्रभावमा पार्न सकिन्छ र नेपालमा जे पनि गर्न सकिन्छ भन्ने सपनानबाट ब्यँुझनु आवश्यक छ । नेपालको राष्ट्रियता भारत वा चीन बिरोधी नभएर स्वदेशी राष्ट्रवाद र नेपाली बिचारधारामा आधारित होभन्ने संसारका सबै मुलुकले बुझ्नु पर्दछ ।

0 comment