काठमाडौं: जिल्ला प्रहरी परिसर काठमाडौको टोलिले खैरो हेरोइन सहित २ जनालाइ पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा जिल्ला सुनसरी, बराहक्षेत्र नगरपालिका ७ घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ७ चाबहिल बस्ने वर्ष ३२ को विशाल राई, जिल्ला सुनसरी, कोशी गाउँपालिका २ घर भइ सोही ठेगाना बस्ने वर्ष २४ को दयानन्द यादव रहेकाछन।
काठमाडौं महानगरपालिका ७ चाबहिल नजिक रहेको एक गेष्ट हाउसको कोठामा लागु औषध कारोबार भइरहेको भन्ने सूचना प्राप्त भएपछी प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले निम्न २ जनालाई ३५ ग्राम लागु औषध खैरो हेरोइन ,तौल गर्ने डिजिटल तराजु थान - १,मोबाइल थान - ३, सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौका
सूचना अधिकारी, प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनु भयो।


0 comment