काठमाडौ—योगप्रेमी परिवार नेपालले भद्रपुर साईकल समाज र ५ जना  साइकल यात्रीलाई एक कार्यक्रम गरी सम्मान गरेको छ । वरिष्ठ योग प्राकृतिक चिकित्सक,आदी योग पुरुष डा. हरि प्रसाद पोखरेलको  प्रमुख आतिथ्यमा  सम्पन्न भएको थियो । 
            
भद्रपुर साईकल समाजले विगत लामो समयदेखि साइकल संस्कृतिको माध्यमबाट प्रकृति साथै पर्यावरणलाई बचाउने र प्राणी मात्रको रक्षा हेतु , प्रदूषित वातावरणलाई न्यूनीकरण  गर्ने उद्देश्य राखेर सस्थाका पाँच जना सदस्यहरूलाई मिति २०८२ कार्तिक २३ देखि, मङ्सिर ८ गते सम्म, “मेचीमहाकाली” कीर्तिमानसहित साइकल यात्रा सम्पन्न गराएर जीव, जीवन र जगतलाई बचाउन सहयोग पु¥याउने सस्थाको महत्वपूर्ण कार्यलाई कदर गर्दै “सम्मान–पत्र“ ले सम्मान गरिएको थियो । सोही कार्यको समन्वय संस्थाका संरक्षक भानुभक्त दाहालले गर्नु भएको थियो भने संस्थाका मानार्थ सदस्यको सहयोगमा रहेको थियो । वेलनेश हस्पिटल  महाराजगञ्जका योग प्राकृतिक चिकित्सक डा.जनक वस्नेतले हस्पिटलमा योग प्राकृतिक चिकित्सक विधिवाट  उहाँहरूको  थेरापी , मसाज  स्टिमवाथ, जलनेती आदी सेवा समेत उपलब्ध गराउने व्यवस्था  गर्नु भएको थियो । 


सम्मानित हुने संस्था तथा साईकल यात्रीहरु, भद्रपुर साईकल समाज झापा, मनोज सिंह, समीर पोखरेल, जीवनकुमार श्रेष्ठ, देबी वहादुर श्रेष्ठ, विश्व चन्द महतो रहनु भएको थियो । कार्यक्रममा योगप्रेमी परिवार नेपालका अध्यक्ष भीम प्रसाद आचार्य, कोषाध्यक्ष सुनोज श्रेष्ठ, जेष्ठ सदस्य  रवि प्रसाद पौड्याल, सदस्य  सावित्रा देवी कार्की, सदस्य रेशम पंण्डीत, सल्लाहकार डा. जनक बस्नेत, आजीवन सदस्यहरू कौसीला दाहाल, यमुना खडका, शुसिला भट्टराई, लगायत  योग शिक्षक योग साधकसाधिकाहरुको  बाक्लो उपस्थिति रहेको थियो ।