संसारमा प्रजातन्त्रको नाम लिनुस् तपाईं लाखौँको ज्यान लिन पाउनुहुन्छ। डेमोक्रेट नामलाई आफ्नो हतियार बनाउनुस्, शक्ति आर्जन गर्नुस्, दुनियालाई भ्रम दिनुस्, संसारलाई लुट्नुस्, धनी हुनुस् । डेमोक्रेट ‘प्रजातन्त्र’, मानव अधिकार भन्ने शब्द  भन्न नछोड्नुस्, लाखौँको हत्या गर्नुस् तपाईंलाइ छुट हुनेछ। 

कुरा हो सन् १९४५ को । हुन त तत्कालिन जापानले पनि संसारभर नरसंहार नमच्चाएको होइन चिन, कोरिया, आदि देशमा जापानले गरेको नरसंहार इतिहासको पानामा दर्ज भएकै बिषय हुन् । त्यसो भएको हुनाले त्यतापट्टी नजाऊँ। अहिले चर्चा गर्न खोजिएको अमेरिकाको हो।  

मानव सभ्यताको इतिहासमा सन् १९४५ अगष्ट ६ को विहान आम जापानी नागरिकहरु आफ्नो कर्म गर्न सुरु गर्दै थिए । अमेरिका नामको महाराक्षसले एटम बम खसाल्यो, जसले हिरोसिमाका १ लाख ४५ हजार मानिस एकै मिनेटमा एकै पटक स्वाहा बनायो। त्यतिले मात्र पुगेन, अगष्ट ९ मा नागासाकीमा अर्को बम खसालेर अर्को लाखौँ निसस्त्र मानिसको हत्या गर्‍यो । घाइते कति भए त्यसको हिसाब भएन। त्यसको दशकौंसम्म उक्त ठाँउमा जीव बस्न नसक्ने गरी रेडियो विकिरण फैलियो। घाइते कति छट्पटाए, त्यसको वर्णन गरेर साध्य नै छैन, उल्लेख गर्ने शब्द नै छैन। 

त्यसपछि इरानमाथि इराक उचालेर १० औँ लाख इराकी इरानी नागरिक मारियो । झण्डै ८ वर्ष लडाईं मच्चियो। अर्को युद्ध थियो इजरायल र प्यालेस्टाइनको। इजरायल र अरब युद्धको बारेमा अर्को लेखमा वर्णन गर्ने नै छु। 

त्यसपछि तपाईं इराकको केस हेर्नुस् । त्यो एउटा स्वतन्त्र देश थियो । त्यसको राष्ट्रपति सद्दाम हुसेनलाई विभिन्न झुठा र कपोकल्पित आरोप लगाएर त मार्‍यो मार्‍यो, इराक तहसनहस बनायो । आजसम्म त्यहाँको जनजीवन कति कष्टकर छ, बयान गरेर साध्य छैन । हुन् त सद्दाम पनि अमेरिकाले नै जन्माएको पात्र थियो। उ सत्तमा रहँदा सधैँ अमेरिकी आदेश नमानेको कारण उसको हटी गरियो। 

युरोपमा युगोस्लाभिया नामक देशलाई कसरी तहस नहस परियो ? अहिले युगोस्लाभियाको अवस्था कहाँ पुग्यो ? हिजो त्यहाँ कति मानिस मारिए ? त्यहाँ जातीय लडाईं कति भए ? त्यसको हिसाब किताब छैन।  

अब लागौँ लिबियाको कहानी तिर। 

लिबियाका शासक कर्णल गद्दाफी जसले अमेरिकाको आदेश मानेन उसको हत्या भयो। मानौँ यो विश्वमा कसलाई बाँच्न दिने या नदिने निर्धारण गर्ने अधिकार अमेरिकासँग मात्र छ। कुरो त्यतिमा मात्र सिमित छैन । जब सिरियाको राष्ट्रपति बसर अल असदले अमेरिकाको आदेश मान्न छाडे तब सन् २०१० मा करिब २०० जना सिरियनलाई आर्थिक लगानी गर्दै आधुनिक हतियार र तालिम दिँदै बसर विरुद्ध आतंकि फौज तयार गर्‍यो। त्यसको नाम आई एस आइ नामकरण पनि अमेरिकाले नै गर्‍यो। आज त्यसको आतंक विश्वले देखेकै छ । कहानी त्यतिमा मात्र सकिँदैन । जब आर्थिक रुपले चिन सम्पन्न हुँदै गयो। अमेरिकालाई निन्द्रा लाग्न छोड्यो र साउथ चाइना सी को कथा सुरु भयो । यो संसारले देखेकै बिषय हो। जहाँ छिमेकी इन्डिया पनि अमेरिकन योजनामा पुगेकै छ । त्यति मात्र होइन, भुटान-चिन सीमाको दोक्लामको घटना पनि हेर्दै जाँदा अमेरिका जोडिन पुग्छ। इन्डिया त देखावटी  पात्र मात्र हो।  त्यहाँ पनि अमेरिकी स्वार्थ जोडीएको छ । कुरा त्यतिमा मात्र सिमित छैन । कुरा त तेस्रो विश्वयुद्ध निम्त्याउने सम्मको छ । फेरी करोडौं मानिसको हत्या गर्ने कुरा छ। 

अब कुरा आयो युक्रेन र त्यसको लागि उपयुक्त पात्र हुन सक्छ भ्यादिमिर जेलेंसकी । जहाँ युक्रेन र रसियालाई भिडाई छाड्यो, सुरुवात त्यहिँ हुन सक्छ। त्यतिले पुगेन र अझ युद्धको वातावरण पूर्ण गर्न आफ्नो सभामुख्लाई ताइवान पठायो। अर्को कारण अमेरिकी राष्ट्रपति बाइडेन माथिको शंकट पनि हो। जब जब अमेरिकी शासकमाथि शंकट आइलाग्छ, विभिन्न देशका शासकले मृत्युवरण गर्नुपर्छ। लाखौँ नागरिकले त्यसको मुल्य चुकाउनुपर्छ । अहिले फेरी त्यसैगरी अमेरिकी शासक माथि शंकट आइपुगेको छ। विश्व राजनीतिमा अमेरिकी हैकम कम्जोर बनेको छ । त्यति मात्र होइन अमेरिका आर्थिक रुपले थला पर्दै छ।  त्यसको मूल्य कुन कुन देशका शासकले चुकाउनु पर्ने हो ? कुन देशका नागरिकले चुकाउनु पर्ने हो ? यो त् भविस्यले नै बताउला। 

अहिलेको घटनालाई हेर्ने हो भने नचाहँदा नचाहँदै रुस युक्रेन युद्ध थोपार्ने र रुसमाथि नाकबन्धि गर्ने, त्यसलाई थला पारेर आफ्नो स्वार्थ पूर्ति गर्ने अमेरिकी नियत कै कारण रुस युक्रेन त युद्धमा छँदै छ। त्यसले युक्रेनी नागरिकले देश छाड्न वाध्य त भए नै, सम्पूर्ण युरोपीय जनतालाई शंकट स्वीकार्न वाध्य बनाइयो। अब ताइवानको बिषयलाई लिएर चिनसँग निहु खोजि अर्को मोर्चा खोल्नु र सिंगो युरोप र ताइवानलाई आफ्नो हतियार बिकाउनु अमेरिकाको एक मात्र स्वार्थ हो। मान्नुस अब उनको सत्ता स्वार्थका लागि एउटा वहाना बनाएर कुनै मुलुक मथि आक्रमण गर्ने गराउने नै हुनेछ । त्यसको लागि युक्रेन र ताइवान उपयुक्त पात्र हुन सक्छ ।
    
त्यसले छिमेकी देश चिनमाथि प्रत्यक्ष प्रभाव पर्दछ । चिन युद्धमा होमिए आर्थिक नोक्सान हुन्छ नै, जुन अमेरिका चाहन्छ नहोमिएपनि नोक्सान नै हुने हो । किनकी युक्रेन सकिएपछि त पालो ताइवनकै हो। चिनसँग युद्ध हुँदा अमेरिकालाई इन्डियाले साथ दिन पनि सक्छ। यदि त्यसो भयो भने केहि समय त इन्डियालाई फाइदै होला । केहि वर्ष पछि त अमेरिकाको सिकार फेरी इन्डिया पनि हुने नै छ । त्यसपछि के बच्छ त यी देशहरुसँग ? बच्छ त केवल अमेरिकासँग । विश्वमा आफ्नो हैकम ग्यारेन्टी गर्ने अमेरिकी योजना सफल भयो भने त्यसपछि अर्को २०० वर्ष उ विश्व शासक हुने नै छ। त्यसको लागि अहिले जे भए पनि इन्डियाको पनि भविस्य छैन। विस्तारै रसियालाई युद्धमा जान वाध्य बनाइयो, अब चीनलाई युद्धमा जान वाध्य गरिँदैछ। यसले विश्वयद्ध सुरु हुन्छ, त्यसपछि कुन-कुन देशको नक्सा मेटिने हुन्, कुन-कुन नयाँ देश निर्माण हुने हुन्, सबै भविस्यको गर्भमा नै सिमित छ । 

तर एउटा कुरा पक्का हुन्छ त्यो भनेको रसिया, चिन, पाकिस्तान, इरान र उत्तर कोरियाको गठबन्धन । त्यसो भयो भने इन्डिया धर्म शंकटमा पर्छ । उ अमेरिकी गठबन्धनमा जाने या रसिया नेतृत्वको गठबन्धनमा जाने ? 

वाध्य भएर इन्डिया पनि एउटा खेमामा संलग्न हुने छ। यदि यसो भयो भने दुखद नै सहि, ठुलो नोक्सान नै सहि, अमेरिकाको दादागिरी सधैँको लागि अन्त्य हुने छ । सिंगो मानव सभ्यताको कहिँ कतै बचेका मानव र प्राणीहरु फेरी नँया स्वरुपले बाँच्ने छन् त्यस पछि ।

शान्तिको दिन आउने छ। हुनसक्छ प्रकृतिले पनि नयाँ जिवन पाउने छ। यो स्वच्छ रुपले पृथ्वीले अर्को जुनी पाउने छ । हिमालयमा हिँउ जम्न थाल्ने छ कलकल नदीनाला बग्न थाल्ने छन् । यो पृथ्वीमा रहेका अनेकन जिवले आफ्नो अस्तित्व पुन: पाउने छन्। युद्ध पछि राम्रो होस् या नराम्रो यसको गुण दोष भने अमेरिकीहरुले पाउने छन्। युद्धको वातावरण अमेरिकाले नै तयार गरेकोले जे भए पनि युद्धको जिम्मेवार अमेरिका नै हुने छ।

- रामशरण पाण्डे