काठमाडौं - जुम्लामा गएराति भूकम्प गएको छ ।राति ११:५६ बजे जुम्लाको मेरठ चौतारा आसपास केन्द्र विन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
जुम्लाको आसपासका जिल्लामा समेत धक्का महसुस भएको थियो । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन । पछिल्लो समय पश्चित नेपालमा ससाना भूकम्प गइरहेका छन् ।
भूकम्पले केही समयका लागि स्थानीयवासीमा डर सिर्जना गरेको भएता पनि अहिलेसम्म कुनै पनि जनधनको क्षति भएको समाचार प्राप्त भएको छैन।
भूकम्पको क्षति र प्रभावको बारेमा अनुसन्धान भइरहेको जनाइएको छ। स्थानीय प्रशासनले नागरिकलाई सतर्क रहन र सबै प्रकारका सुरक्षा उपाय अवलम्बन गर्न आग्रह गरेको छ।


0 comment