काठमाडौं - कैलालीमा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
बर्दगोरिया गाउँपालिकाकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा सोही गाउँपालिका–३ का ४४ वर्षीय गोपाल बिक र २ नम्बर वडाका १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका गोपाल बिकले मासु पकाएर ल्याइदिन भन्दै बोलाएपछि किशोरी मासु लिएर बिकको पसलमा पुगेकी थिइन् ।
सोही क्रममा कोठामा लगेर जबरजस्तीकरणी गरेको पीडितको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले बताएका छन्। पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान भइरहेको जनाइएको छ ।
माघ २७ गते ४ बजे आफ्नो बहिनीमाथि सामूहिक बलात्कार भएको भन्दै पीडितकी दिदीले प्रहरीलाई खबर गरेकी थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी बोहराले बताए ।


0 comment