काठमाडौं - सुख्खा पहिरोले कर्णाली करीडोर अवरुद्ध भएको छ । आइतबार बिहान ८ बजे सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएसँगै हुम्लाको सदरमुकाम जाने र सर्केगाड आउने यात्रु तथा मालबाहक गाडीसहित सम्पूर्ण यातायातका साधनहरु बाटैमा रोकिएको प्रहरीले जनाएको छ । यातायाताका साधनहरु ठप्प भएपछि नागरिकहरु हिँडेर यात्रा गर्न बाध्य भएका छन् ।

सर्केगाड गाउँपालिका वडा नम्बर १ को खच्चामा माथिबाट सुख्खा पहिरो आएर करिब २० मिटर सडक पूर्णरुपमा छोपिएको छ । सडक डिभिजन कार्यालयको पहलमा जेसीबीले बाटो खुलाउने प्रयास भइरहेको छ ।