काठमाडौं - राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानले आयोजना गरेकाे दोस्रो वृहत सल्यान महोत्सव स्थलमा आगलागी भएको छ ।
आठ दिनदेखि जारी दोस्रो बृहत सल्यान महोत्सवमा आगलागी हुँदा करोडौँ मूल्य बराबरको सामान जलेर नष्ट भएको छ । १८ गतेबाट जारी महोत्सवमा गए राति ८औं दिन आगलागी भएको हो ।
महोत्सवमा राखिएका १३५ स्टल मध्य ८० स्टलमा आगजनी भएको राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानका सचिव नोखिराम थापाले बताए । उनका अनुसार गएराती ११ वजे स्टलमा आगलागी भएको थियो । आगलागीबाट ८ करोड बढीको क्षति भएको अनुमान गरिएपनि थप विवरण आउन बाँकी छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयद्वारा राती नै आगो नियन्त्रणमा लिएको छ । आगलागीको कारणबारे अनुसन्धान भैरहेको सल्यान प्रहरीले जनाएको छ ।


0 comment