काठमाडौं—चन्द्रागिरि नगरपालिका वडा नं. २ बालश्रममुक्त वडा घोषणा भएको छ । दुई नम्बर वडा कार्यालयले एक भव्य कार्यक्रमको आयोजना गरी वडालाई बालश्रम मुक्त वडा घोषणा गरेको हो । बागमती प्रदेश सभा सदस्य रमा आले मगरको प्रमुख अतिथ्यता तथा नगरप्रमुख घनश्याम गिरिको विशेष अतिथ्यतामा भएको घोषणा समारोहमा वडावासीहरुले ¥याली गरेका थिए । ¥यालीमा गन्धर्व संगठनले लोकसांस्कृतिक धुनसहित सहभागिता जनाएको थियो । 
कार्यक्रममा मन्तव्य राख्दै प्रदेश सभा सदस्य रमा आले मगरले बालश्रम मुक्त वडा घोषणा गर्न सफल भएकोमा हार्दिक बधाई दिनुभएको थियो । उहाँले बालश्रम मुक्त बनाउनु नै ठूलो कुरा हैन यसलाई कायम राखिरहनु चाही मुख्य चुनौति भन्नु भएको थियो । बालश्रम प्रयोग गर्नु वडाका लागि मात्रै नभएर पूरै देशका लागि पनि कलङिकत काम हो । बालश्रम कसैले पनि प्रयोग गर्न नहुने बालबालिकालाई श्रममा हैन विद्यालयमा पठाउन सबैको पहल हुनुपर्ने उहाँको भनाई थियो । बालअधिकार सबैको सरोकार भएको कुरा कार्यक्रममा नगरप्रमुख घनश्याम गिरिले बताउनु भयो । 
कार्यक्रममा विभिन्न विद्यालयबाट सहभागी भएका बालबालिकाहरुले नृत्य तथा गन्धर्व समुदायले लोक सांस्कृतिक धुनुहितको बालश्रम अन्त्य हुनुपर्ने सन्देशमुलक गित प्रस्तुत गरेका थिए । चन्द्रागिरि नगरपालिकाका वडा नं. २ सहित १० वटा वडा बालश्रममुक्त घोषणा भइसकेका छन भने वाँकी वडा पनि क्रमश घोषणा हुने प्रक्रियामा रहेका छन् । कार्यक्रमको लागि बाल विकास समाज र वल्र्ड भिजन ईन्टरनेसनल नेपालले सहयोग रहेको थियो भने कार्यवाहक वडा अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष चन्द्र कुमारी गिरि बस्नेतले धन्यवाद मन्तव्यसहित कार्यक्रमको समापन गर्नु भएको थियो ।