काठमाडौं - खानेपानी मन्त्री प्रदीप यादवले सिंहदरबारस्थित खानेपानी मन्त्रालयको आगलागीको कारण विद्युत सर्ट भएको बताए। मन्त्रालयको चौथो तलामा शनिबार बिहान आगलागी भएको थियो।

आगोलागीबाट केही कागजात जले पनि महत्त्वपूर्ण कागजात केही नभएको उनको भनाइ छ। मन्त्रीको कार्यकक्ष भएको‌ तीनवटा कोठामा आगलागी भएको प्रहरीले जनाएको छ। प्रहरीले क्षतिको विवरण आउन भने केही समय लाग्ने बताएको छ।  आगो दमकलको सहायताले निभाइएको थियो।  

मन्त्री यादवले हिजोदेखि नै आगलागीको गन्ध आइरहेको बताए । उनले भने, शुक्रबारदेखि नै केही जलेको जस्तो गन्ध आएको थियो। त्यसलाई हेरौँ है भनेर म पनि गएँ, आज बिहान त आगलागी भइहालेछ।'