काठमाडौं - काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट हुँदा १४ जना घाइते भएका छन् । 

आज बिहान भएको विष्फोटमा परि घाइते भएकामध्ये ११ जनालाई अस्पताल लगिएको छ । घाइतेहरुमध्ये पाँच जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ ।

तीन जना सामान्य घाइते भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

सानदार मः म पसलमा ग्याँस सिलिण्डर पड्किएको र घाइते हुनेहरुमा पसलका कामदार रहेको जनाइएको छ ।

सिलिण्डर विष्फोटपछि घरको सिलिङ समेत भत्किएको छ ।