काठमाडौं—चन्द्रागिरि नगरपालिका वडा नं. ९ बालश्रममुक्त वडा घोषणा भएको छ । नौ नम्बर वडा कार्यालयले एक भव्य कार्यक्रमको आयोजना गरी वडालाई बालश्रम मुक्त वडा घोषणा गरेको हो । नगरप्रमुख घनश्याम गिरिको प्रमुख अतिथ्यतामा भएको घोषणा समारोहमा वडावासीहरुले झाँकीसहितको ¥याली गरेका थिए । कार्यक्रममा मन्तव्य राख्दै नगरप्रमुख घनश्याम गिरिले नगरपालिकालाई बालमैत्री नगर बनाउने अभियान स्वरुप ९ नम्बर वडालाई बालश्रममुक्त वडा घोषणा गरिएको बताउनु भयो ।
बालबालिकाको अधिकार सुनिश्चित गर्ने सवालमा नगरपालिका संबेदनसिल रहेको हुनाले कार्यविधि बनाएरै बालबालिकाका क्षेत्रमा काम गर्न नगरपालिका अगाडी बढिरहेको बताउनु भयो । बालश्रम राख्नु अपराध भएको कुरा उल्लेख गर्दै नगरमा कसैलेपनि बालश्रम प्रयोग गर्न नहुने र यदि कसैले प्रयोग गरेमा कानुनी कारवाहीको प्रक्रियाका लागि नगरपालिकाले कुनै पनि कसुर बाँकी नराख्ने उहाँको भनाइ थियो ।
बालश्रममुक्त भइसकेका वडामा क्रमश बालमैत्री बनाउदै लगिने र चन्द्रागिरि नगरपालिकाले बालबालिकालाई जीवनउपयोगी सिपका विभिन्न कक्षाहरुसमेत सञ्चालन गरिरहेको नगरप्रमुख गिरिले जानकारी गराउनु भयो । कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख, नगर उपप्रमुख विभिन्न समाजसेवीहरुले शुभकमना मन्तव्य राखेका थिए । मन्तव्यको क्रममा बालबालिकाको अधिकार संरक्षण गर्न घरदेखि नै सुरुवात गर्नुपर्ने र राज्यले त्यसलाई कडा निगरानी गर्न आवश्यक भएको वक्ताहरुले बताएका थिए ।
कार्यक्रममा विभिन्न विद्यालयबाट सहभागी भएका बालबालिकाहरुले सन्देशमुलक नाटक तथा नृत्य प्रस्तुतसमेत गरेका थिए । चन्द्रागिरि नगरपालिकाका वडा नं. ९ सहित ९ वटा वडा बालश्रममुक्त घोषणा भइसकेका छन भने वाँकी वडा पनि क्रमश घोषणा हुने प्रक्रियामा रहेका छन् । कार्यक्रमको लागि बाल विकास समाज र वल्र्ड भिजन ईन्टरनेसनल नेपालले सहयोग गरेका थिए । कार्यक्रमको समापनमा वडा ९ का वडा अध्ययक्षले यस वडालाई बालश्रममुक्त बनाउनका लागि सहयोग गर्ने सबैप्रति कृतज्ञ रहेको बताएका थिए । साथै यस वडामा आगामी दिनमा पनि बालश्रम कसैले प्रयोग गरेको देखिएमा भेटिएमा वडामा खबर गर्न समेत उहाँले सबै वडावासीलाई आग्रह गर्नुभएको थियो ।


0 comment