काठमाडौं - नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्डले बुधबार भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका छन् ।

 त्यहाँ उनले भक्तपुरको धार्मिक, ऐतिहासिक सम्पदा क्षेत्रहरूको अवलोकन गरेका हुन् ।त्यसअघि उनी बिहान ठिमीस्थित एसओएसको कार्यक्रममा सहभागी भएका थिए । राजकुमार दम्पती नेपालको एक साताको निजी भ्रमणका लागि हिजो(मंगलबार)काठमाडौं आएका हुन् ।

 यस अवधिमा उनी हिमालय क्षेत्रको पनि भ्रमणमा जाने भएका छन् । जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पारेको प्रभावप्रति चिन्तित देखिएका राजकुमार एडवार्ड नजिकैबाट त्यसको असर अनुभूत गर्न चाहन्छन् ।