काठमाडौं - नेपालमा २००७ सालदेखी कुनैपनी प्रधानमन्त्रीले ५ वर्षा कार्यकाल चलाउन सकेक छैनन् । नेपालको राजनीतिमा भारत हावी हुने गरेको छ । भारतलाई असहज हुनासाथ सरकार वा आफु अनुकुल नभएको प्रधानमन्त्रीलाई सरकारबाट फाल्ने गर्छ । नेपालको राजनीतिमा अस्थिरता पैदा गर्न भारतले विभिन्न शक्ति र व्यक्ति प्रयोग गर्छ ।
एउटा बुझ्न नसकिने, चिन्न नसकिने, मुखले एउटा बोल्ने र व्यवहार अर्को गर्ने पात्र उमाकान्त गिरीलाई भारतले प्रयोग गर्दै आएको छ । बाहिरबाट हेर्दा गिरी सोझा देखिन्छन् । सामान्य र सरल भएको देखावटी गर्छन् । जथाभावी मान्छे भेट्ने, जहाँसुकै जाने काम गिरी गर्दैनन् । आफुलाई उपयुक्त लागेको ठाउँमा, आफु उपयुक्त व्यक्ति, नेता र मन्त्रीलाई मात्र भेट्ने गर्छन् । सर्वसाधारणसँग यसरी गिरी प्रस्तुत हुन्छन् । यिनको स्तर र हैसियतबारे अनुमान लगाउन कसैले सक्दैनन् । मन मिल्ने थोरै व्यक्तिसँग सरकार परिवर्तनको कुरा गर्छन् । गिरीको काम गर्ने शैलि, कसैले शंका गर्न नसक्ने गतिविधि, कसैलाई चिनाउन नचाहने, शक्ति देखाउन नखोज्ने क्रियाकलापका कारण भारतले गिरीलाई विश्वास गरेको पाइन्छ ।
पछिल्लो समय गिरी पूर्व राष्ट्रपति विद्धादेवी भण्डारी निवासमा देखिन थालेका छन् । विश्वस्त सुत्रका अनुसार गिरीले पूर्व राष्ट्रपति भण्डारीलाई एमालेको अध्यक्ष हुन सल्लाह दिएका छन् । चीनतिर झुकाव राख्ने र चीन भ्रमण गर्न लाग्दा भारतको सन्देश गिरीले भण्डारीलाई सुनाएपछी भण्डारीको भ्रमण एकाएक रोकिएको थियो ।
गिरीले एमालेभित्र विस्तारै खेल्न थालेको एक एमाले नेता बताउँछन् । हाम्रा संवाददाताले गिरीलाई धेरै पटक पछ्याएको थियो र भारतीय दुतावास प्रवेश गरेको देखेको थियो । गिरीसमक्ष सोही कुराको जिज्ञासा राख्दा कार्यक्रममा निम्तो आएकोले गएको बताए । गिरी भारतीय दुतावासमा फरक नामले चिनिने गरेको बताइन्छ । भारतबाट गिरीले भारत सरकारको सहयोगमा फरक नाममा रासन कार्ड र आधार कार्ड समेत लिएको बताइन्छ ।
विशेष सुत्रका अनुसार भारतीय दुतावासले अहिले गिरीलाई चीन हेर्ने प्रमुख तोकेको छ । गिरी अहिले चीनसँग नजिक भएका व्यक्ति र संस्थालाई निगरानी गर्छन् । बाहिरबाट हेर्द गिरी सरल र इमान्दार देखिएपनी भित्रभित्रै उनि चतुर, गम्भिर र ठुलो राजनीतिक योजनाकार भएको एक काँग्रेस नेताअले बताए । ती नेताअका अनुसार गिरीले राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा) का सभापती रवि लामिछाने पक्राउ पर्ने र धरौटीमा रिहा हुने समेत पहिले नै बताएका थिए । भारतको निगरानी र हस्तक्षप नेपालको राजनीतिमा कतिसम्म रहेछ भनेर यसले प्रष्ट पार्छ ।


1 comment
ंंतुलसी गिरी शुक्रबार, २६ माघ, २०८१
छि छि छि...लाजै लाग्यो ।