काठमाडौं - चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी गरेको अभियोगमाा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध चितवन जिल्ला अदालतमा आज मुद्दा दर्ता हुँदैछ ।
प्रहरीले पठाएको अनुसन्धान प्रतिवदेन र तिनका प्रमाणहरुको आधारलाई लिएर सरकारी वकिल कार्यालयले सोमबार उनीहरुविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो ।
प्रहरीको अनुसन्धानमा ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
रवि लामिछाने सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख, स्वर्णलक्ष्मी सहकारीको मुद्दामा ६० लाख र सुप्रिम सहकारी प्रकरणमा १ करोड रुपैयाँ धरौटी तिरेर छुटिसकेका छन् ।विभिन्न सहकारी ठगीसम्बन्धी मुद्दा धरौटी बुझाएका लामिछानेलाई मुद्दा दर्ता भएपछि चितवन झिकाइने छ ।


0 comment