काठमाडौ - यही माघ २४ देखि शुरु हुने क्यान इन्फोटेकको भृकुटीमण्डपमा गरिने प्रदर्शनीमा करिब तीन लाखले हेर्ने आँकलन गरिएको छ । 

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) ले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आगामी माघ २४ गतेदेखि २८ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा ३० औँ संस्करणको क्यान इन्फोटेक आयोजना गर्न लागेको जनाएको हो । सो प्रदर्शनीमा इन्फोटेकसँग सम्बन्धित व्यापार एचएमसी हिक्सेमी र सह–प्रायोजन मर्कन्टाइल अफिस सिस्टमले गर्ने समेत जानकारी पाईएको छ ।

क्यान महासंघका अध्यक्ष सुनैना पाण्डे घिमिरेले प्रदर्शनीका अवलोकनकर्ताले सूचना तथा प्रविधि (आइटि) का उपकरण खरिद गर्न पाउने बताउदै सरकारले प्रविधि सम्बन्धि ल्याएको अध्यादेशले क्यानको विकासमा थप सहयोग
पुगेको जानकारी दिईन् ।

संस्थाका महासचिव चन्द्र विलास भुर्तेलले उक्त प्रदर्शनीमा नेपालमा सुचना तथा संचार प्रविधिबारे चेतना बढाउने उद्देश्यले इन्फोटेक २०२५ मा व्यवसाय शुरु गर्न चाहने, युवा प्रतिभा नवप्रवर्तन तथा नेपाली उत्पादनलाई ग्राहयता
दिईने जानकारी दिए ।