काठमाडौं — पाथिभरामा केबलकार निर्माणको विरोधले उग्र रुप लिन थालेको छ । विरोधमा भएको प्रदर्शनले हिंसात्मक रुप लिन्छ की भन्ने अनुमान धेरैको छ । अहिले केवुलकार निमार्णको विरोधमा उत्रिएका पहिचान पक्षधरले गरेको आन्दोलन झापाको दमकमा उग्र बनेको छ । मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आइतबार र सोमबार गरी दुई दिन अरुणपूर्वका ९ जिल्लामा बन्दको आह्वान गरेका हुन ।
सोही क्रममा दमकमा बन्दकर्ता र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले दुई राउन्ड ‘गोली चलाएको’ त्यहाँका प्रत्यक्षदर्शीले बताए ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) मिलन केसीले गोली नचलाएको दाबी गरेका छन् । ‘बन्दकर्ताबाट प्रहरीमाथि ढुंगामुडा प्रहार भएपछि एक सेल अश्रुग्यास हानेर स्थिति नियन्त्रणमा गर्न खोजिएको छ,’ उनले भनको भनाई छ ।
एसपी केसीका अनुसार ‘अहिले स्थिति नियन्त्रणमा ल्याउने कोसिस गरिरहेका छौं,’ ।
पाथीभारामा केबुलकार बनाउने तिब्र रुपमा विरोध भइरहेको छ । विशेषगरी केबुलकार बनाउन नहुने पक्षमा ठूलो जमात रहेको छ । केबुलकार निमार्ण भएपछि त्यहाँ धेरैको रोजगारी गुम्ने लगायतका धेरै सवालहरु उठिरहेका छन् ।


0 comment