काठमाडौं — संघीय संसद सचिवालयले नवप्रवेशी पत्रकारहरुसँग संसदीय प्रक्रियाको बारेमा छलफल गरेको छ । सचिवालयको सूचना तथा अभिलेख व्यवस्थापन शाखाको समन्वयमा नवप्रवेशी पत्रकारहरुलाई छलफलमा सहभागी गराइएको थियो । छलफलमा विशेषगरी संसदीय प्रक्रियाहरु कस्ता हुन्छन् । संसदमा विधेयक पेश गर्ने प्रक्रिय, विधेयक पारित हुने तहहरु, राष्ट्रिय सभा र प्रतिनिधि सभामा विधेय दर्ता टेबुल हुने संसदीय कामकारवाही लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रममा सदन समिति सञ्चालन प्रक्रिया व्यवस्थापन विषयमा सचिवालयका प्रवक्ता एकराम गिरीले सहजिकरण गर्नु भएको थियो । त्यसैगरी संसद संसदीय कामकारवाही आदिका विषयमा पूर्व सचिव धुब्र प्रसाद घिमिरेले सहजिकरण गर्नु भएको थियो भने सूचना शाखाको कामकारवाही प्रेस पासका विषयमा सचिवालयकी सूचना अधिकारी उप सचिव सावित्रा शर्माले सहजिकरण गर्नु भएको थियो ।
छलफलको क्रममा संसद चलेको बेलामा पत्रकारहरुको व्यवस्थापन प्रभावकारी बनाउने र प्रेस पासमा समानता कायम गर्ने संसद चलेको अवस्थामा संसद भवनको इन्टरनेट सेवालाई प्रभावकारी बनाउने फोटो पत्रकारहरुलाई पासको व्यवस्थापन गर्दा ध्यान दिनुपर्ने कुराहरु सहभागी पत्रकारहरुले उठाएको थिए । कार्यक्रममा करिब दश मिनेट भएको खुल्ला छलफलमा पत्रकारहरुको जिज्ञासा निकै नै आएका थिए । सोही जिज्ञासालाई सम्बोधन गर्दै सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले समाचार बनाउँदा सकरात्मक कुराहरुलाई जनतामाझ ल्याउन ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो । संसदमा रिर्पोटिङ गर्दा सबै समितिहरुलाई पत्रकारहरुले उत्तिकै प्राथमिकतामा राख्नुपर्ने कुरा उल्लेख गर्दै राष्ट्रिय सभा प्रतिनिधि सभा दुबै सदनका समाचार निष्पक्ष रुपमा प्रकाशन प्रसारण गर्नका लागि पत्रकारहरुलाई आग्रह गर्दै पत्रकाहरुलाई निष्पक्ष खोजमुलक तथ्यपरक समाचारका लागि संसद सचिवालय जहिलै साथमा रहने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।