काठमाडौं - राष्ट्रिय सभा बैठकमै ढले सांसद भट्टराष्ट्रिय सभा बैठक चलिरहँदा नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट बैठक कक्षमा ढलेका छन् । उच्च रक्तचापका कारण उनी बैठकमै ढलेका हुन् ।
आज (आइतबार) को बैठकमा बोल्नका लागि उनले नाम समेत टिपाएका थिए । संघीय संसद् सचिवालय स्रोतका अनुसार उनी उक्त रक्तचाप र सुगरका बिरामी हुन् । उनको अहिले संसद् भवनभित्रै उपचार भइरहेको छ । सांसद भट्टको स्वास्थ्य स्थिति अहिले सामान्य रहेको छ ।


0 comment