काठमाडौं - तामाङ समुदायले बिहीबार देशभर विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाएका छन्। सोनाम ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा बृहत् कार्यक्रम गरिएको थियो।
कार्यकम अघि उनीहरुले तामाङहरूको जातीय वेशभूषा, बाजागाजा र झाँकीसहित टुँडिखेल परिक्रममा गरेका थिए ।टुँडिखेल, बौद्ध, स्वयम्भू लगायत तामाङ जातिको बाहुल्य रहेको क्षेत्रमा विविध कार्यक्रम गरिएको छ।
विशेषगरी हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ जातिको मुख्य चाडका रूपमा रहेको सोनाम ल्होसार किसानहरूले बालीनाली भित्र्याइसकेपछि मनाउने गरिन्छ।
‘ल्हो’अर्थात् वर्ष १२ वटा भएको विश्वास गर्छन्। १२ वर्षको नाम पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको हुन्छन्। जसमा मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष पर्दछन्।
यी १२ वर्गलाई यो समुदायले १२ राशिको रूपमा पनि लिने चलन छ। १२ वर्ष समाप्त भएपछि फेरि उही नाम दोहोर्याएर वर्ष गनिन्छ।सोनाम ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको छ ।


0 comment