काठमाडौं - खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको सुमो ओखलढुंगामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा खोटाङको केपीलासगढी - ३ की ५६ वर्षीय मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र खोटाङकै दिक्तेल- रुपाकोट - मझुवागढी नगरपालिका - १२ की ४५ वर्षीया तारा गुरुङ गरेका छन् ।
सिद्धिचरण लोकमार्ग अन्तर्गत ओखलढुंगाको मानेभञ्जयाङ गाउँपालिका-७ भँडारे खोलामा बिहीबार बिहान सुमो दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । ना १ ज ६४२१ नंम्बरको टाटा सुमो आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
सुमो चालक सुनसरीको इनरुवा नगरपालिका-२ का २२ वर्षीय अनिल पण्डित फरार भएका छन् ।सुमो सडकबाट करिब सय मिटर तल खसेको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


0 comment