काठमाडौं - नेपाल कृषि प्रधान देश भएर पनि आज सरकारको कृषि , किसान प्रतिको उपेक्षाले गर्दा नेपालको उत्थान , विकास हुन सकेको छैन l
भूमि सम्बन्धि आध्यादेश तथा संयुक्त किसान संघर्षबारे पत्रकार सम्मेलनमा छ किसान संगठनहरुले सरकारले ल्याएको भूमि सम्बन्धि अध्यादेशले किसान मारमा परेको निष्कर्ष निकालेका छन् ।
अखिल नेपाल किसान महासंघ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठले भूमाफियालाई जग्गा दिन सरकारले ल्याएको अध्यादेशको विरुद्धमा डटेर संघर्ष गर्ने बताए l
क्रान्तिकारी किसान महासंघ नेपालका अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान महासंघका कार्यवाहक अध्यक्ष बलदेव चौधरी, अखिल नेपाल किसान युनियनका इन्चार्ज लोकनारायण सुवेदी, अखिल नेपाल प्रगतिशील किसान संघका अध्यक्ष दुर्गाप्रसाद जैसीलगायतले भूमिसम्बन्धी अध्यादेशले किसानको भलो नगर्ने निस्कर्ष निकाले l
सरकारको दवाबको कारण राष्ट्रपतिबाट प्रमाणिकरण भएको अध्यादेश फिर्ता नगरिए छ किसान संगठनहरुले आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् l
नेपालमा कृषि र किसानको दुरावस्थालाई सरकारले झन् झन् खराब बनाएको भन्ने कुरालाई प्रेस सम्मेलनमा उजागर गरिएको थियो l


0 comment