काठमाडौं - ब्रिटिस गोर्खा भुतपूर्व सैनिक संगठन (बिगेसो) सर्वोच्चको निर्देशनात्मक आदेश कार्यान्वयनको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिँदै आएका छन् । यही माघ १३ गतेदेखि त्यहाँ सुरु गरेको धर्ना कार्यक्रम २४ गतेसम्म जारी रहने जनाएको छ । गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।
सरकारले उक्त विषयलाई गम्भिरतापुर्वक नलिँदा गोर्खाको लागी न्याय, समनता र स्वाधिननताका निम्ति ठोस पहल हुन सकेनको जनाएको छ । स्वाधिनता र न्यायका खातिर शान्तिपूर्ण गोर्खा आन्दोलन सडक, सदन र न्यायलय मार्फत् निरन्तर जारी राखेका छन् ।
गोर्खा सैनिक विश्वका जुनसकुकै कुनामा गएता पनि सन् १९४७ को सन्धि मार्फत गएको हुनाले गोर्खा समुदायले वंशजको आधारमा नागरिकताको निरन्तरता पाउनु पर्नेमा समेत जोडदिएका छन्। मुलुकको स्वाधिनतालाई ख्याल गर्दै राष्ट्रियताका आधारमा गोर्खालाई विभेद गरिनु हुन्न भन्ने उनीहरुको माग छ ।


0 comment